लघुकथा

रङ्कर जोसिलो थियो सानैदेखि , प्राय गाउँमा हुने गतिविधिमा । हुनत उसले गाउँको अनुभव गरेको पनि त्यहि दश बर्षसम्म हो । देशमा भएको परिवर्तनले उसको गाउँ गाउँलेहरूले नै थाहा नपाउदा नपाउदै शहर भैसकेको छ ।

गाउँमा आजकल हुने जमघटमा उसले आफ्नो बालसखाहरू कमै भेट्ने गर्छ ,हिजो पनि उसको दैनिकी शहरमा नयाँ आगुन्तुक भएर आएका संग बढी चल्ने गर्थो । बालसखीहरूले छाडे झै उसका नयाँ आगन्तुकहरूले पनि हप्ता/दश दिनमा उसको साथ छोडेर जाने गर्थे ,मुख्य कुरा उसको बानीले बिगारेको थियो ।

काम र कुरा गर्न माहिर रङ्कर खाना पिनका लागि पनि उत्तिकै जोसिलो थियो । उसले परम्परागत नेपाली शुद्ध उत्पादित वासनादार त्यो कति/कति पाने भन्छन् नि ,त्यो पानी औधी मन पराउथ्यो । उसको हरेक संग हरेक दिन एक सूत्रीय माग हुने गर्थो अहिले हल्का, साँझमा त चटक्क हुनुपर्छ है । 

वसन्तको नयाँ पालुवा पलाए पछि रङ्करको जीवनमा नयाँ रङ्ग थपिएको छ । उसका पुराना बालसाथीदेखि हिजोसम्म कैयौं साथीहरूले उसको साथ छाडे तर अहिले उसले छाडेको छ आफ्नो पुरानो रङ्गिने बानी ।

आजकल नयाँ मौसममा नयाँ पहिरनका साथ प्रायः छोटो समयका लागि मात्र उ घर बाहिर निस्कन्छ , एक दुई दिन उससंग बोल्ने कोही हुदैनन् ।

अकस्मात एक दिन पुरानो कुनै हप्ताको साथीले बाटोमा भन्छ , ओ रङ्कर यति काम गरे साँझमा चटक्क हुन्छ है । हुन्छ काम गरौंला म अर्को कपडा फेर्छु ,साँझमा चटक्क होइन सर अब उचित ज्याला दिए पुग्छ । साथी दङ्गदास पर्छ -यति बुद्धि पहिले आएको भए के हुन्थ्यो होला  ! उ अझ थप्छ मलाई पहिला पनि लागेको थियो यति राम्रो मान्छे किन यस्तो पाराले हिडेको होला तर भन्न नसकेको 

रङ्कर भन्छ “सर पहिला भन्न नसके झै अहिले भन्न नसकेर कुनै सुझाव मृत नहोस् है  ।।