नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।  

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको तर अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन्।  

नेपालले लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’