काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णयलार्इ बुधबार बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको  समर्थन फिर्ता लिएको हो।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।