काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

 वैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार रातिदेखि र बाह् उडान पनि विहिबार रातीदेखि बन्द भएको अवस्थामा उपत्यका भित्रका तीन जिल्लामा पनि २९ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ