अखिल नेपाल युवक संघ केन्द्रिय समितिले आज प्रतिनिधिसभा र राष्ट्रियसभा का सबै माननीय संसद हरुलाइ एसएमएस गरि राष्ट्रघाती नागरिकता ऐन संसोधन बिधेयक खारेज गरि देशलाइ फिजिकरण हुनबाट जोगाउन माग गरेको छ। उक्त संसोधन बिधेयकमा ०६५ साल मंसिर १० गतेभित्र जन्मकाे नागरिकता पाएका आमा बाबुबाट जन्मेका सन्तालने वंशजको नागरिकता पाउने,

-नेपाली नागरिकता लिएका विदेशीहरू राष्ट्रपति र प्रधानमन्त्रि बन्न पाउने,-विदेशि नागरिकता लिएका नेपाली मूलका मानिसहरूले नेपाली सरह सबै अधिकार पाउने,
-आमा नेपाली र बाबु विदेशीबाट जन्मेका सन्तानलाई सामान्य प्रकृयाबाट अंगिकृत नागरिकता दिने तर्थात् नेपाली नागरिकता लिईसकेपछि विदेशीसंग विवाह गरेकि महिलाबाट जन्मनेहरूले आमाकाे पहिलेकाे नागरिकताका आधारमा नेपाली नागरिकता पाउने,

-आमाबाबुकाे पत्ताे नभएका तर नेपाली भूमिभित्र भेटिएका जाे काेहिले पनि नेपाली नागरिकता पाउने जस्ता प्राबधान हरु रहेका छन् । यस्तो प्राबधान राख्दा देशको राष्ट्रियता,सार्बभौमसत्ता र अखण्डता मा गम्भीर आच आउने खतरा भएकोले त्यस्लाइ खारेज गर्नुपर्ने बताइएको छ।