छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च बने सँगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दो अवस्थामा देखिएको छ ।

भारतबाट नेपाल फर्किनेहरुवाट नेपालको विभिन्न क्षेत्रहरुमा संक्रमणको दर बढ्न थालेको छ। नाकामा गरिएको परीक्षणका क्रममा पनि भारतवाट फर्कनेहरुमा संक्रमण पुष्टि भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका देखिएको छ।

बालबालिकाहरुमा समेत संक्रमण बढेकाले थप सावधानी अपनाउनु पर्ने अवस्था देखिएको चिकित्सकहरुको भनाइ छ । विद्यालय जाने उमेर समूहहरुमा संक्रमणको दर उच्च देखिएको छ । यसैबीच नेपालमा हिजो मात्र ३०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ९६१ पुगेको छ