टेकराज भुसाल, बुटवल ।
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । बुटवलमा आज सम्पन्न राजमोको चौथो राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ ।

सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ । यस्तै, सचिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ । उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताको समेत जिममेवारी दिइएको छ ।

चैत २४ गतेदेखि बुटवलमा जारी सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

सदस्यहरुमा क्रमशः शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवि शर्मा, भागरथि भट्टराई,दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री, कल्याणि श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै वैकल्पिक सदस्यहरूमा गिरीप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलबिक्रम शाही, उदयनारायण चौधरी, सुवर्णबिक्रम थापालाई चयन गरेको छ।

सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी देवजंग शाहि, मोहनमणि ढकाल, मोमिना खातुन, रामबहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ।