काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव फेला परेको छ । सडक किनारमा शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार जहर सेवन गरेर आत्महत्या गरेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिएको छ । शवको सनाखत हुन सकेको छैन । एसएसपी सिंहले आफु घटनास्थलतर्फ गइरहेको बताए ।