रणनैतिक संंयुक्त मोर्चाको आवश्यकता माथि ध्यान दिंदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिद्धारा पारित प्रस्तावमा भनिएको छ“रणनैतिक संयुक्त मोर्चा क्रान्तिको सिंगो वा विशिष्ट उप–चरणसित सम्बन्धीत र त्यसको स्वरुप पनि त्यसप्रकारका चरणहरुमा गरिने संघर्षको प्रहारको लक्ष्यसित जोडिएको हुन्छ । वर्तमान सामाजिक आर्थिक अवस्थाका सन्दर्भमा रणनैतिक संयुक्त मोर्चाको स्वरुप वा अन्तरवस्तु दलाल तथा नोकरशाही पूजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तावाद विरोधि हुनेकुरा स्वतः स्पष्ट छ ।”– राजनीतिक प्रतिवेदन पृष्ट–२
उपरोक्त भनाइले संयुक्त मोर्चाको आवश्यकता, अन्तरवस्तु तथा त्यसको प्रहारको केन्द्रविन्दु के हो ? भन्ने कुरा स्पष्ट गर्दछ । रणनैतिक संयुक्त मोर्चा वा कार्यनैैतिक संयुक्त मोर्चा निश्चित पार्टी वा व्यक्तिको चाहाना वा मनोगत सोचाइमा होइन, वस्तुगत आवश्यकता अनुसार नै निर्माण हुने गर्दछन् । समाजमा रहेका अन्तरविरोध तथा आर्थिक राजनैतिक संकटको समाधान गर्ने उद्देश्यमा नै यसप्रकारका मोर्चाहरु निर्माण भएका इतिहाँसहरु पाइन्छन् । अहिले नेपालको राजनीतिक विर्तामा देखिएको समग्र परिवेशले नै रणनैतिक संयुक्त मोर्चा निर्माण गर्नु परेको कुरा स्वतः प्रष्ट छ । अहिले चार पार्टीका बीचमा कायम भएको संयुक्त मोर्चा त्यसको प्रस्थान विन्दु मात्र हो । यसलाई व्यापक र शक्तिसाली बनाउन थप मेहनतको आवश्यकता छ । देशको आर्थिक, सामाजिक संकटको निकास विद्यमाना प्रतिक्रियावादी व्यवस्था र राज्यसत्ताद्धारा संभव छैन । तसर्थ अग्रगामी दृष्टिकोण, योजना कार्यक्रमद्धारा यो संकट समाधान गर्न कम्युनिस्ट क्रान्तिकारीहरु, वामपन्थी तथा देशभक्त शक्ति र व्यक्तित्वहरु संयुक्त आन्दोलनमा जुट्नु समयको माग र आवश्कता हो ।
उर्पयुक्त विषयलाई आत्मासात गर्र्र्र्दै संयुक्त आन्दोलन निर्माण गर्ने महान उद्देश्यका साथ अगाडि सारिएको चार पार्टीको संयुक्त अवधारणमा भनिएको छ, “नेपाली क्रान्तिलाई सम्पन्न गर्ने गंभीर जिम्मेवारी बोधका साथ रणनैतिक संयुक्त मोर्चा गठन गरेका छौं । नेपाली समाजको तत्कालिन वा दिर्घकालिन समस्या दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था राज्यसत्ताबाट सम्भव छैन, त्यसकालागि क्रान्तिद्धारा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था निर्माण अनिवार्र्य छ भन्ने यर्थाथप्रति हामी स्पष्ट र दृढ छौं । नेपाली क्रान्तिको यो रणनीति हासिल गर्न कम्युनिस्ट क्रान्तिकारीका अलवा वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति तथा व्यक्तित्वहरुको पनि अहम भूमिका रहने हुनाले हामी त्यस्ता शक्ति तथा व्यक्तित्वहरु पनि यस रणनैतिक मोर्चामा सामेल हुन अपिल गर्दछौं ।”–रणनैतिक संयुक्त मोर्चाको अवधारणा पत्रबाट । माथिका भनाइले रणनैतिक संयुक्त मोर्चाको उद्देश्य, त्यसले गर्न खोजेको कार्ययोजना तथा कार्यक्रमलाई स्पष्ट गर्दछ । देशमा उत्पन्न विद्यमान परिस्थिति नै यो मोर्चा निर्माणको ऐतिहासिक जग रहेको कुरा छलङ्ग छ । विद्यमान संसदीय व्यवस्था र राज्यसत्तामा देखिएको संकटलाई यथास्थितिमा समाधान गर्न सकिदैन र त्यो सम्भव पनि छैन । तसर्थ, क्रान्तिकारी कम्युनिस्टहरु सचेत पहल र नेतृत्वमा सम्पूर्ण उत्पीडित वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका जनताको व्यापक एकता कायम गर्दै संघर्षका बलमा अहिलेको प्रतिक्रियावादी व्यवस्थ तथा सत्ताको अन्त्य गरेर जनगणतन्त्र स्थापना गर्दै वैज्ञानिक समाजवादद्धारा यी सबै प्रकारका अन्तरविरोधहरु समाधान गर्न मोर्चाको मूल उद्देश्य हुनेछ ।
उपरोक्त उद्देश्य प्राप्तीका लागि क्रान्तिकारी कम्युनिस्ट घटकहरु नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ने. क. पा., नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टी, नेपाल मात्र होइन, अन्य क्रान्तिकारी शक्ति, व्यक्तित्वहरु तथा देशभक्त र सच्चा लोकतन्त्रवादी समूह र व्यक्तित्वहरु पनि यो मोर्चामा आवद्ध हुनपर्ने आवश्यकतामा जोड दिएको तथ्यले यसको महत्वलाई अरु बढाएको छ । नेपालको इतिहासमा तात्कालिक उद्देश्यलाई पुरा गर्न विभिन्न समयमा कायम भएका कार्यगत एकता संयुक्त मोर्चा भन्दा यसको निर्माण मौलिक वेग्लै रहेको छ । विगतमा पनि संयुक्त मोर्चाका लागि विभिन्न पटक पहल भएका छन्, तर ती सबैको उद्देश्यहरु तात्कालिक विषयहरुमा नै सिमित रहेको थियो । तर, अहिले चार पार्टीका बीचमा कायम भएकोे संयुक्त मोर्चाले तात्कालिन तथा दिर्घकालिन उद्देश्यहरुलाई समेत अन्तरवस्तुमा समावेश गरेर अगाडि बढ्ने जुन उद्घोष गरेको छ, त्यो उद्देश्य प्राप्ती नहुँदा सम्म त्यसको निरन्तरता र विकाशका लागि योगदान पु¥याउनु सम्पूर्ण क्रान्तिकारी, वामपन्थी तथा देशभक्तहरुको साझा दयित्व र कर्तव्य बन्दछ ।
कम्युनिस्ट क्रान्तिकारीहरु बीचको एकता समयको माग र जनचाहना बन्दै गएको पृष्टभूमिमा त्यसप्रकारको एकताका लागि यो संयुक्त मोेर्चाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । यसै सन्दर्भमा संयुक्त मोर्चाको घोषणा–पत्रमा भनिएकोछ “रणनैतिक संयुक्त मोर्चा गठनको एउटा महत्वपूर्ण लक्ष्य कम्युनिस्ट पार्टीहरु बीच ध्रुविकरण र पार्टी एकताको हो । त्यसैले यस रणनैतिक संयुक्त मोर्चा मार्फत पार्टीहरु बीच गरिने सहकार्य र सैद्धान्तिक तथा व्यवहारिक अन्तरक्रियालाई व्यवस्थित गर्दै पार्टी एकता सम्म पुग्ने प्रयत्नलाई घनिभूत पारिनेछ ।” यो भनाइले स्पष्ट गर्दछ तात्कालिन रुपमा गठन भएको संयुक्त मोर्चा मार्फत व्यापक छलफल र बहसबाट एउटै पार्टी निर्माण गर्ने उद्देश्य समेत रहेकोले त्यो वातावरण बनाउन पनि यसको महत्वपूर्ण भूमिका हुनेछ । एकातिर संसदीय व्यवस्था र राज्यसत्ता दिनप्रति दिन विघटन हुँदै असफलताको दिशा तर्फ जानु र अर्को तिर क्रान्तिकारीहरुका बीचमा त्यसप्रकारका मोर्चाबन्दीको क्रम बढ्दै जानु अवश्य पनि खुशि र गौरवको विषय हो । यो मोर्चाले तात्कालिन रुपमा मोर्चामा सामेल भएका शक्तिहरु वाहेक छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुकालाई मोर्चाबन्दी गर्दै एकताका आधार निर्माण गर्ने तर्फ विशेष ध्यान दिनुपर्दछ ।