नेपाल कम्युनिष्ट पार्टी विप्लबले गरेको राप्ती बन्दका कारण राप्तीका ६ जिल्ला दाङ, प्यूठान, सल्यान, रुकुमपूर्व र रुकुम पश्चिमको जनजीवन प्रभावित बनेको छ ।

केही दिनअघि दाङ तुल्सीपुरबाट जिल्ला सचिवालय सदस्य प्रदीप वली, इश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई र रोल्पाबाट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र नृपेन्द्र सेन पक्राउ परेका  थिए ।

आफ्ना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा बजार, शिक्षण संस्था, बैङ्क यातायात, कलकारखाना ठप्प रहेका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरिने तथा भित्रिने नागरिकहरु अलपत्र परेका छन् भने विद्यार्थीहरुको पठनपाठनमा समेत प्रभावित परेको छ ।