काठमाडौ

राष्ट्रिय किसान आयोगले यही फागुन २६–२८ सम्म अन्तर्राष्ट्रिय किसान सम्मेलनको आयोजना गर्ने भएको छ ।  सो सम्मेलनमा १० देशका १५ जना प्रतिनिधिहरुले भाग लिनेछन  । सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता लगायत विभिन्न विधामा १५ वटा कार्यपत्र प्रस्तुत हुने आयोगले जनाएको छ ।
आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल लगायत चीन , उत्तर कोरिया,  भियतनाम बङ्गलादेश, भारत, इण्डोनेसिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्काका किसान प्रतिनिधिहरु, कृषि सहकारीका प्रतिनिधि, उद्योगी व्यवसायी तथा कृषि विज्ञ सहित ३५० जनाको  उपस्थिति रहने जानकारी दिइयो ।


‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलन देशलाई समृद्ध बनाउने गरी किसानको अधिकार र कृषि क्षेत्रको विकासका लागि आवश्यक नीति तय गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताउनु भयो ।
सम्मेलनबाट खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानुन तर्जुमा र कार्यान्वयन, नीति निर्माण तथा परिमार्जन गर्नमा टेवा पुग्ने विश्वास लिएको आयोगले जनाएको छ ।