कपिलबस्तुको शिवराज नगरपालिकामा नेकपा विप्लव समुहका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् ।

बिहिबार घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागेर नेकपा विप्लवका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।

उनको हाल लुम्बिनी अञ्चल अस्पाल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।