वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विगठित संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन् । बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन् ।

संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने उनको तर्क छ। संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने उनले जिकिर गरे।