नेकपा नेता वामदेव गौतमले पार्टी फुट्नुमा दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताउनु भएको छ । अहिले पनि पार्टीमा जुटाउनेभन्दा फुटाउने गतिविधि धेरै भर्इरहेको पनि उहाँले बताउनु भयो ।

 ‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भन्नुभयो ।

बुधवार ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रममा नेता गौतमको अध्यक्षतामा नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा भएको छ । गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताउनु भएको छ। पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रमण सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले सार्वजनिक गरेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ ।