नेपाल-भारत संयुक्त आयोगको छैटाैं बैठक भारतको नयाँदिल्लीमा सुरू भएको छ। बैठक हैदरवाद हाउसमा चलिरहेको छ।
 
संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् भने भारतको नेतृत्व भारतीय विदेशमन्त्री जयशंकरले गरेका छन्।

परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्रसचिव भारत राज पौड्याल, स्वास्थ्यसचिव लगायत रहेका छन्।

संयुक्त आयोगको बैठकमा नेपाल-भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिँदै छ। व्यापार, वाणिज्य, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयलाई बैठकको अजेण्डामा राखिएको छ।

बैठक सुरू हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री जयशंकरले आधा घण्टा हैदरवाद हाउसमा ‘वान अन वान’ वार्ता गरेका थिए।
 
परराष्ट्रमन्त्री ज्ञवालीको माघ ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।