काठमाडौं

२९ पुस

 भारतीय च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुग्ने गरी आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो ।

कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

पटक पटक नेपाली राष्ट्रियता माथी धावा बोल्ने चौधरी जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका थिए ।