नारायण प्रसाद आचार्य

म खोज्छु देशमा बसी, कता छ देश खै भनी
म खोज्छु आंङ भित्र नै, कता छ भेष खै भनी ।
म हास्न खोज्छु दु:खमा, जसै हिमाल हाँस्दछ
दिनेछु साथ देशले, जसै यि हात माग्दछ ।।

म दिन्छु ज्यान चाहिए, छ खोज मात्र शान्तिको
म हिड्छु आँटले सदा, मसाल बोकि क्रान्तिको ।
म साधु सन्त देखिँदा, नहोस हेप्न धृष्टता
नखोज साथि मित्रहो, नर्ज लगाउने यता ।।

न सम्झ दीन हीनझै, मिचेर साँध मित्र हो
म गर्जनेछु शिंह भै, रक्षार्थ देश भित्रको
म हुन्छु यी हिमालको, रमेर साथमै सदा
छ उच्च माथमा बसी, अगाध स्नेह सर्वदा ।।

म प्यार गर्छु मोहले, गरेर स्नेह देशको
म गर्भ गर्छु ठांटले, रमेर आफ्नु भेषको।
म रन्छु रन्छु सर्वदा, रहेत देश सार्थक ।
रहेन देशनै भने, सबै गुमाइ हार्दछ ।।

म रोज्छु औषधी सदा, हिमालका बुटीहरु
म खोज्छु भर्न पेट यो, मधेश अन्नले बरु ।
म सेक्छु फेरि देह यो, पहाडका छहारिमा
छ ज्यान यो रमाउने, गरा र खेत बारिमा ।।

म दिन्छु हात मागिदा, उसै गरी दिउन् अरू
म दिन्छु साथ मागिदा गएनि देहनै बरु ।
म मान गर्छु लायकै, भए बरू झुकी सदा
रहेन चाह बाँच्ननै, भएर दास सर्वदा ।।