राष्ट्रिय जनमोर्चा पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको संसद विघटनका विरुद्धमा आज तानसेनको आन्दोलन चोकमा एक कोण सभा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
कोण सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले प्रधानमन्त्रीको यो कदम नेपालको संविधान माथी गरिएको एक गैर संवैधानिक कार्य रहेको र जनताको मुल्य मान्यता माथीको हस्तक्षेप रहेकोले त्यसको राष्ट्रिय जनमोर्चाले व्यापक भण्डाफोर गर्ने बताउनुभयो । यसै गरि सोहि कोण सभालाई संवोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कुमार कार्कीले ओली सरकारले यस्तो गैर संवैधानिक कदम गणतन्त्रमाथी गरिएको प्रहार र सरकाले गरेको यस कदम एक धमिलो पानीमा माछा मार्ने कार्य रहेको भनि निन्दा एंव भंत्सना गर्नुभयो ।