फागुन २१ गते

झापा विद्रोहका शहीदहरूको स्मृतिमा सुखानीमा हुने श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा झापा विद्रोहका नेता केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने भएको छ ।
झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवाहरू वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बाहानामा सुखानीको जंगलमा पाँचैजनालार्इ गोलीहानी हत्या गरिएको थियो ।
योद्धालाई हत्या गरेको सम्झनास्वरुप नेपालका कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ गते विशेष कार्यक्रम गर्दै आएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि दुई शीर्ष नेताले श्रद्धाञ्जलि कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड सोमबार नै झापा पुग्नुभएको छ भने प्रधानमन्त्री ओली मङ्गलबार झापा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।