अर्न्तराष्ट्रिय राजनीति राष्ट्रपति निकोलस मदुरोले भेनेजुयलाको लिसबनस्थित राज्यमा सञ्चालित प्राकृतिक तेल तथा ग्यास कम्पनी (पीडीभीएसए) को कार्यालयलाई मस्कोमा सार्न निर्देशन गरिसकेको उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताउनुभएको छ ।
रूस भ्रमणमा रहेका उपराष्ट्रपति रोद्रिगेजले भन्नुभयो, “भेनेजुयलाले तेल तथा ग्यास उत्पादनलाई बढाउने र यसका लागि रूसी विशाल तेल उत्पादन कम्पनी गाजप्रोमसँग सहकार्य गरिनेछ ।” यसका लागि आवश्यक प्रक्रिया सुरू गर्न लागिएको उहाँको दाबी थियो ।
रोद्रिगेजले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “अहिले तेल कम्पनी सार्ने समय भएको छ । हामीले हाम्रो सम्बन्धलाई पुनः स्थापित गरेर अघि बढ्ने समय आएको छ । युरोपले हाम्रो आवश्यकतालाई सुनिश्चित गर्न सकेन किनभने पुँजीवादी संसारले उसको आफ्नै कानुनलाई पनि तोडेको छ । उनीहरूले हाम्रो सम्पत्तिको सुरक्षामाथि सुनिश्चितता गर्नसकेनन् ।”
उहाँले भन्नुभयो, “बेलायतले बैङ्क अफ इङ्ल्याण्डमा रहेको भेनेजुयलाको सुन र संयुक्त राज्य अमेरिकाले पीडीभीएसएको अमेरिकास्थित शाखा सिट्गो पेट्रोलियमको सम्पत्तिको ‘व्यवहारिक चोरी’ गरेको छ ।”
भेनेजुयलाले कानुनसम्मत हिसाबबाट पाउने ब्याजलाई अन्तर्राष्ट्रिय कानुनको सहायतामा फिर्ता गरिछाड्ने पनि उहाँले बताउनुभयो ।