काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् ।

             सेना दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सुरक्षाको गहन जिम्मेवारीको भूमिकाको सहना गरेका छन् ।

             “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अंगका रुपमा राष्ट्रिय लक्ष्यहासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

             प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार कामगर्न अग्रसर हुनुपर्ने सन्देशमा छ ।

             “नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पु-याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ” प्रधानमन्त्री ओलीको सन्देशमा छ “यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो । सेना दिवसको सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”