सरकारले नयाँ वर्षदेखि जयनगर– कर्था (जनकपुरदेखि पश्चिम) रेल सेवा संचालन गर्ने भएको छ। रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी वैशाखदेखि विभागले पाँच वर्षपछि पुनः सेवा विस्तार गर्न लागेको हो। रेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। ‘एक अर्ब रुपैयाँ खर्चिएर ल्याउन लागिएको हो,’ उनले भने ‘ नेपाल –भारत सरकार–सरकारबीच खरिद विक्री हुने भएकोले प्रक्रिया मिलाउन समय लागेको हो।’

यस अघि चालु आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि ट्याक निर्माण लगायका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा संचालन हुन सकेको थिएन। यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ फागुनभित्र जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो।

यस अघि चालु आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि ट्याक निर्माण लगायका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा संचालन हुन सकेको थिएन।

अब भने कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ,’ मिश्रले भने ‘रेलले एक घण्टाको राउण्डमा सो दुरी पार गर्नेछ। पाँच सय जना बसेर चड्न मिल्ने रेलले दैनिक सो स्थानमा सेवा दिने मिश्रले बताए। पहिला एउटा रेल संचालन गरेर आवश्यकताअनुसार दुबै रेल संचालनमा ल्याउने मिश्रले जानकारी दिए।

पाँच वर्षअघिसम्म जनकपुर–जयनगर (३० किलोमिटर) रेल रेल संचालन थियो। त्यसपश्चात सो स्थानमा रेल सेवा संचालन हुन सकेको थिएन। अहिले जनकपुरबाट ५ किमी पश्चिम कर्थामा रेल स्टेशन निर्माण भइसकेको छ।

पूर्व–पश्चिम (मेची–महाकाली), काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराई, लगायतका दक्षिण सीमा (भारतीय बोर्ड र) बाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहरहरु एवम् उत्तर सीमा (चीन–तिब्बत) बाट राजधानी काठमाडौंलाई रेल सेवावाट जोड्ने योजना सरकारले बनाएको छ।

साथै औद्योगिक, व्यापारिक सहरहरुको रेल संजाललाई पूर्व पश्चिम एवं काठमाडौं तराईको रेल संजालसँग आवद्ध गर्ने तयारीका साथ अघि बढेको सरकारले आगामी २० वर्ष भित्र चार हजार किलोमिटर रेल संजाल निर्माण गर्ने दीर्घकालीन रणनीतिक योजना बनाएको हो। सो लक्ष्यलाई पूरा गर्न आगामी १० वर्ष भित्र १५ सय किमी र आगामी ५ वर्ष भित्र ७५० किमी रेल संजाल निर्माण गर्ने परिकल्पना सहित कार्य अघि बढाएको छ।