नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचकाे भेटलाई आपत्तिजनक बताउनुभएकाे छ । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले नेपालकाे संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाकाे विचार नीति र घाेषणाकाे विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गाेयलबीच भेट भएकाे बताउनुभएकाे हाे ।

रअ प्रमुखसँग प्रधानमन्त्रीकाे जसरी भेट गराइयाे त्याे आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएकाे नेता रावलकाे ठहर छ । 

रअ प्रमुख गाेयल बुधबार दिउँसाे विशेष विमानमार्फत काठमाण्डाै ओर्लिनुभएकाे थियाे । उहाँ बिहीबार बिहान भारत फर्किनुभएकाे हाे ।