अमेरिकी मतदाताहरु सामु राष्ट्रपति पदका लागि दुई विकल्प छन्– मौजूदा राष्ट्रपति र रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडन । आउनुस् चुनावका आठ प्रमुख मुद्दाहरुमा उनीहरुको नीति के–कस्तो छ, चर्चा गरौं ।

राष्ट्रपति ट्रम्पले जनवरी महिनाको अन्तिमतिर कोरोनाभाइरसलाई लिएर एक टास्क फोर्स गठन गरेका थिए । उनले नागरिकको सुरक्षा गर्न र देशको अर्थ व्यवस्था कसरी खोल्न सघाउ पुगोस् भनेर टास्क फोर्स गठन गरेका थिए । राष्ट्रपति ट्रम्प कोरोना भाइरसको उपचार र कोरोनाको खोप विकासका लागि प्राथमिकता दिइरहेका छन् । यसका लागि उनले १० अर्ब डलरको फन्ड पनि दिइरहेका छन् ।

अर्कोतिर जो बाइडन एक नेशनल कन्ट्याक्ट ट्रेसिङ प्रोग्राम गठन गर्न चाहिरहेका छन् । उनी हरेक प्रान्तमा कम्तिमा पनि १० टेस्टिङ सेन्टर पनि स्थापना गर्न चाहन्छन् । बाइडेन सबैको स्वास्थ्य जाँच निःशुल्क गराउन पनि चाहिरहेका छन् ।  उनी मास्कको प्रयोगमा राष्ट्रव्यापी नीतिको पनि कुरा गरिरहेका छन् । जसमा सार्वजनिक स्थलहरुमा मास्कले मुख छोप्नुपर्ने पनि समावेश छ । 
 
जलवायु परिवर्तन

राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनका बारेमा सधैँ सन्देह प्रकट गर्दै आएका छन् । उनी उर्जाको यस्तो स्रोत विस्तार गर्न चाहन्छन्, जसको एक पटकमात्रै प्रयोग होस् । तेल र ग्यास निकाल्ने काम तीव्र गर्ने उनको लक्ष्य छ । पर्यावरणसँग सम्बन्धित दिइएको सुरक्षालाई उनी फिर्ता लिन चाहन्छन् । ट्रम्प पेरिस जलवायु सम्झौताबाट पछि हट्न प्रतिवद्ध छन् । पेरिस सम्झौता जलवायु परिवर्तनको सामनासँग सम्बन्धित छ । तर, अमेरिका यो वर्षको अन्तिमसम्म सम्झौताबाट औपचारिक रूपमै हट्ने भएको छ ।

जो बाइडनको भनाइ छ– यदि उनी राष्ट्रपति पदका लागि निर्वाचित भए तत्कालै फेरि पेरिस सम्झौतामा सहभागी हुनेछन् ।

अमेरिका २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यको स्तरसम्म लैजाओस् भन्ने उनको चाहना छ । सार्वजनिक स्थानमा तेल र ग्यास उत्खनन्का लागि नयाँ लिजमा रोक लगाउनुपर्ने बाइडेनको प्रस्ताव छ । उनी ग्रिन इनर्जीको क्षेत्रमा दुई ट्रिलियन डलरको लगानीको प्रस्ताव पनि राखिरहेका छन् ।
 
अर्थव्यवस्था

राष्ट्रपति ट्रम्पले १० महिनामा एक करोड जागिरको अवसरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । १० लाख नयाँ साना उद्योग पनि स्थापित गरिने उनको भनाइ छ । ट्रम्प आयकरमा कटौती गरेर कम्पनीहरुलाई ट्याक्स क्रेडिट दिन चाहन्छन् । जसबाट अमेरिकामा जागिरहरु कटौती नगर्नका लागि कम्पनीहरुलाई प्रोत्साहन गर्न सकिने उनको चाहना देखिन्छ ।

अर्कोतिर बाइडेन सार्वजनिक सेवाहरुमा लगानी बढाउन उच्च आय वर्गका लागि ट्याक्स बढाउन चाहन्छन् । वर्षेनी चार लाख डलरभन्दा बढी आय स्रोत भएकाहरुको मात्रै आयकरमा वृद्धि गरिने उनको भनाइ छ । बाइडेन राष्ट्रिय स्तरमा न्यूनतम मजदुरी बढाएर १५ डलर प्रति घण्टा बनाउन चाहिरहेका छन् । जुन अहिले प्रतिघण्टा ७.२५ डलर छ ।
 
स्वास्थ्य व्यवस्था

राष्ट्रपति ट्रम्प पूर्वराष्ट्रपति बाराक ओबामाको शासनकालमा पारित अफोर्डेबल केयर एक्ट (एसीए) खारेज गर्न चाहन्छन् । यो एक्टअनुसार निजी स्वास्थ्य बीमा सिस्टममा  संघीय सरकारको नियन्त्रण बढाइएको छ । साथै पहिलेबाटै बिरामी रहेका नागरिकलाई बिमा कभरेज नदिन गैरकानुनी बनाइएको थियो । ट्रम्पको भनाइ छ कि उनी यसमा सुधार गरेर परिवर्तन गर्न चाहन्छन् ।

यद्यपि, उनको योजना कस्तो प्रकारको हुनेछ भन्ने बारेमा भने केही खुलाएका छैनन् । राष्ट्रपति ट्रम्पको लक्ष्य औषधिको मूल्य घटनाउने पनि छ । जसका लागि उनी देशबाहिरबाट सस्तो औषधिहरुको आयात गर्ने अनुमति दिन चाहन्छन् । तर, जो बाइडेन ओबामाको एसीएलाई केवल बचाउनमात्रै होइन त्यसको विस्तार गर्न पनि चाहन्छन् ।

बाइडेन मेडिकेयरका लागि आयु सीमालाई ६५ बाट घटाएर ६० गर्न चाहन्छन् । मेडिकेयरअनुसार वृद्धवृद्धालाई अमेरिकामा चिकित्सा सुविधा मिल्ने गर्दछ । उनी हरेक  अमेरिकी नागरिकलाई मेडिकेयरअनुसार पब्लिक हेल्थ इन्स्योरेन्समा दर्ता हुने विकल्प दिन चाहिरहेका छन् ।
 
विदेश नीति

ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकहरुको संख्या कम गर्ने आप्mनो पुरानो प्रतिवद्धता दोहो¥याएका छन् । साथै उनी सेनामा लगानी पनि गर्न चाहन्छन् । ट्रम्पले अन्तर्राष्ट्रिय गठबन्धनहरुलाई चुनौती दिन जारी राख्ने बताइरहेका छन् भने चीनमा व्यापार शुल्क पनि यथावत राख्न चाहन्छन् । तर, जो बाइडन सहयोगी देशहरुका साथ सम्बन्ध सुधार गर्ने चाहना राखिरहेका छन् । चीनमाथि एकतर्फी शुल्क नलगाइने पनि उनी बताइरहेका छन् । बाइडन अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई जवाफदेही बनाउन चाहन्छन् ।
 
नस्लवाद र प्रहरी

नस्लवाद अमेरिकी पुलिस फोर्समा व्यवस्थासँग जोडिएको समस्या हो भन्ने कुरा आफूलाई नलाग्ने राष्ट्रपति ट्रम्पको भनाइ छ । उनी कानुनी व्यवस्था लागु गर्ने ठूलो पक्षधरका रूपमा देखिन चाहन्छन् । तर, ट्रम्पले कडा कदमहरुको विरोध गरेका छन् र उत्कृष्ट कार्यप्रणालीका लागि अनुदानको प्रयास गरेका छन् । अर्कोतिर जो बाइडन नस्लवादलाई व्यवस्थागत समस्याका रूपमा हेर्दछन् । उनले न्याय व्यवस्थामा नस्लवादी असमानतालाई समाप्त गर्नका लागि नीतिहरु निर्धारण गरेका छन् । जसमा कैदीहरुको संख्या कम गर्नेदेखि प्रान्तहरुलाई प्रोत्साहन दिने कुराहरु समेटिएका छन् ।

पुलिसलाई फन्ड (बजेट) न दिने मागलाई उनले अस्वीकार गरेका छन् । उचित स्ट्यान्डर्ड बनाइराख्नका लागि अतिरिक्त संसाधन दिनुपर्नेमा बाइडनको जोड छ । 

बन्दुक

राष्ट्रपति ट्रम्पले अमेरिकी संविधानको दोस्रो संशोधनलाई आपपू अनुकुल व्याख्या गरेका छन्, जसमा अमेरिकीहरुलाई हतियार राख्ने अधिकारका बारेमा सुरक्षा दिइएको छ । उनले २०१९ मा गोलीबारीका कैयौं घटनाहरुपछि बन्दुक खरिद गर्ने पृष्ठभूमिको जाँच कडाईका साथ गर्ने प्रस्ताव गरेका थिए । तर, योजनाका बारेमा केही जानकारी पाइएन भने न कुनै कानुन नै बनाइएको छ ।

जो बाइडनले असाल्ट राइफल प्रतिवन्ध गर्ने, समान रूपबाट सबैको ब्याकग्राउन्ड चेक गर्ने, प्रति महिना प्रति व्यक्ति बन्दुक खरिद गर्नेको संख्या सीमित गर्ने र लापरवाह बन्दुक निर्माताहरु र विक्रेताहरुमाथि मुद्दा दायरको बाटो सहज बनाउने प्रस्ताव राखेका छन् । बाइडन बन्दुकबाट हुने हिंसा रोक्नका लागि रिसर्च गर्न चाहन्छन् भने त्यसका लागि बजेटको व्यवस्था गर्न पनि तयार छन् ।
 
सुप्रिम कोर्ट

राष्ट्रपति ट्रम्प मौजुदा कार्यकालका दौरान सुप्रिम कोर्टमा खाली पद पूर्ति गर्न पाउनु  आप्mनो संवैधानिक अधिकार मान्दछन् । जसका लागि उनले एमी कोनी बेरेटको नाम अगाडि सारेका छन् । अमेरिकामा गर्भपतनलाई कानुनी अधिकार बनाउने विषयमा सुप्रिम कोर्टले चाँडै नै फैसला गर्नुपर्ने छ । राष्ट्रपति ट्रम्प र जज बेरेटले यसअघि नै गर्भपतनको विरोधमा आ–आप्mनो धारणा राखिसकेका कारण यो विषय ठूलो मुद्दा बनेको छ ।

जो बाइडन भने नयाँ राष्ट्रपतिले पद सम्हाली सकेपछि मात्रै सुप्रिम कोर्टका खाली पदमा नियुक्ति दिनुपर्ने बताइरहेका छन् । बाइडनले सुप्रिम कोर्टबाट गर्भपतनलाई कानुनी अधिकार बनाउनुपर्ने माग विरुद्ध Þ फैसला गरे आफू निर्वाचित भएपछि गर्भपतनको अधिकार सुनिश्चित गर्ने विधेयक पारितका लागि काम गर्ने बताइरहेका छन् । बीबीसीबाट