सोमबार चार हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै देशभरमा संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई हजार २८३ जना रहेका छन् । काठमाडौंका एक हजार ८८८ जना , ललितपुरका २७७ जना र भक्तपुरका ११८ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर एक हजार ४७३ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७७ हजार २७७ जना कोरोना मुक्त भइसकेका छन् ।

हाल देशभरमा कवारेन्टिनमा चार हजार ८३१ जना छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत २४ घण्टामा १४ हजार ५३० पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल ११ लाख ९१ हजार ५१४ परीक्षण भइसकेको छ ।