विश्वमा संक्रमितको संख्या तीन करोड ६० लाख २६ हजार ८१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख पाँच हजार ४२८ संक्रमित थपिएका हुन्। कोभिड९१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ५३ हजार ९२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप पाँच हजार ४४० जनाको मृत्यु भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ७१ लाख ३० हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७८ लाख ४२ हजार ८६१ छ। त्यसमध्ये ६७ हजार ५८८ जना गम्भीर अवस्थाका छन् ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७७ लाख १७ हजार ९२४ पुगेको छ।