अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास ज्यादै लामो र समृद्धशाली छ । सन १८४६ मा स्थापना गरिएको कम्युनिस्ट लिगको स्थापनासंगै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास शुरु भएको हो ।
सन १८४७ को नोभेम्बरमा जेनेभामा आयोजना गरिएको कम्युनिस्ट लिगको दोस्रो कंग्रेसले कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५)लाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा सुम्प्यो ।
सन १८४८ फेब्रुअरी २१ का दिन कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गर्नु भयो । त्यही विश्व विख्यात कम्युनिस्ट घोषणापत्र नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त र पथप्रदर्शक सिध्दान्त बन्यो । अर्थात माक्र्स–एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन पश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैधान्तिक हतियार प्राप्त गर्यो ।
माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको सिध्दान्त भौतिकवाद हो । तसर्थ यस दर्शनको सिध्दान्त भौतिकवाद हो भने द्वन्द्ववाद यस दर्शनको पध्दति हो । यो नै विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो
आज माक्र्सवादको विकासको चरणमा पहिलो माक्र्सको विकासको चरणमा विकास भएको छ । माक्र्सवादको विकासको दोस्रो चरण लेनिनवादको गुणात्मक रुपमा विकास भएको छ । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । आज यसरी माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ ।
यसै सिलसिलामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासको चर्चा गरिरहदा सही कुरा के हो भने सन १८५२ मा माक्र्सले कम्युनिस्ट लिगको विघटन गर्नु भयो । र , सन १८६४ मा आफ्नै नेतृत्वमा कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर सञ्चालन गर्नु भयो । त्यस पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई चरम अवसरवादी तथा अराजकतावादीहरुले कब्जा गर्न थालेपछि माक्र्स स्वयंले सन १८७२ पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो ।
सन १८८३ मार्च १४ का दिन माक्र्सको निधन भयो । माक्र्सको निधनले विश्व कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । सन १८८९ मा फ्रेडरि एंगल््सले आफ्नै नेतृत्वमा दोस्रो दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गर्नु भयो ।
सन १८९५ अगष्ट ६ का दिन फ्रेडरिक एंगेल्सको निधन भयो । एंगेल्सको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । त्यस पछि दोस्रो अन्तर्रँष्ट्रियको जिम्मेवारी लेनिनको काँधमा आयो ।
सन १९१४ मा लेनिनले दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको पनि विघटन गर्नु भयो । सन १९१७ अक्टोबर २५ का दिन लेनिनकै नेतृत्वमा महान रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । महान रुसी अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक परिघटना थियो । त्यसले विश्व मानव समाजमा नयाँ युगको सूत्रपात गर्र्यो । अक्टोबर क्रान्तिको प्रभाव विश्वभरी पर्न गयो । त्यस पछि विश्वका विभिन्न मुलुकहरुमा एक पछि अर्र्को गर्दै दर्जनौ कम्युनिस्ट पार्र्टीहरु निर्माण हुन पुगे ।
यसै सिलसिलामा कमरेड माओत्सेतुङको नेतृत्वमा सन १९४९ अक्टोबर १ दिन महान चिनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यो भन्दा पहिले नै उत्तर कोरिया र भियतनाममा जनवादी एवं समाजवादी क्रान्तिहरु सम्पन्न भइसकेका थिए ।
पूर्वी युरोपका २० औ राष्ट्रहरुमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियोे । र , सन १९५९ मा क्युवाली क्रान्ति पनि सम्पन्न भएको थियोे । यसरी विश्व भूगोलको ठूलो भू–भाग र जनसंख्याको बहुमत संख्या समाजवादको छातामुनी गोलबन्द हुन पुगेका थिए । सन १९१९ मा लेनिनले आफ्नै नेतृत्वमा तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गरेर परिचालन गर्नु भयो । सन १९२४ जनवरी २३ का दिन लेनिनको पनि पनि निधन भयो । लेनिनको निधनल ेअन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो । त्यस पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय र सोभियत समाजवादलाइ अगाडि बढाउने जिम्मेवारी स्तालिनको काँधमा आयो ।
तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियलाई पनि सन १९४३ डिसेम्बर १० का दिन स्तालिनले विघटन गर्नु भयो । र , आफ्नै नेतृत्वमा कोमिनटर्नको गठन गर्नु भयो । यस विषयमा चीनले कुनै चासो लिएन । त्यस पछि त्यो अगाडि बढ्न सकेन । सन १९५३ मार्च का दिन स्तालिनको पनि निधन भयो । स्तालिनको निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । स्तालिनको निधन पश्चात् अर्थात सन १९५६ मा निकेतन ख्रुश्चोवद्वारा रुसी कम्युनिस्ट पार्टी (बाल््सेविक) भित्र प्रतिक्रान्ति गराइयो ।
सन १९५६ मार्च २४–२६ मा रुसी कम्युनिस्ट पार्र्टी (बोल्सेविक)को २० आौ महाधिवेशनमा ख्ुश्चोवले सम्पूर्ण जनताको पार्र्टी ,सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिध्दान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बाल््दै रुसमा पुँजीवादको स्थापना गर्र्यो । यस परिघटनाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र र विश्व समाजवादी शिविरमा गंभीर प्रकारको असर पर्र्याे । कमरेड माओत्सेतुङले ख्रुश्चोवी संशोधनवाद अर्थात आधुनिक संशोधनवादको खुलेर विरोध जनाउनु भयो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र भीषण दुई लाइन संघर्ष चलाउनु भयो ।
यता चीनमा पनि सन १९५६ मा आयोजना गरिएको चिनीया कम्युनिस्ट पार्र्टीको ८ आौ महाधिवेशनमा ल्यू शाओ चि र दङ शायो पिङले विरालाो कालो र सेतो हुनुले फरक पार्दैन , विरालोको मुख्य काम मुसा मार्नु हो भन्दै पुँजीवादी कार्यदिशा पेस गरेर पुँजीवादको पुनःस्थापन गर्ने कार्य भयो ।
कमरेड माओत्सेतसङले प्रतिक्रान्तिप्रति भीषण वैचारिक संघर्ष सञ्चालन गर्दै हेड क्वाटरमाथि बमबारी गर भन्ने उर्र्दी जारी गर्नु भयो । र पार्र्टी र सरकारको माथिल्लो तहमा घुस्न सफल भएका संशोधनवादीहरुलाई परास्त गर्न सन १९६६ देखि १९७६ सम्म दश वर्षे ू महान सर्वहारा साँस्कृतिक क्रान्ति ू सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापनागर्न जीवन प्रयान्त संघर्ष जारी राख्नु भयो ।
१९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओत्सेतुङको पनि निधन भयो । कमरेड माओको निधनले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुग्न गयो । कमरेड माओको निधन भएको ठिक एक महिना पछि चीनमा प्रतिक्रान्ति भयो । र पुनः पुँजीवादको पुनःस्थापना भयो । र प्रतिक्रान्तिकारी तेङ तथाकथित गुटले ग्याङ अफ फोरका चार जना नेताहरुलाई गिरफ्तार गरेर आजीवन जेलमा सढाएर पुँजीवादको पुनःस्थापना गर्र्याे ।
यसरी रुस र चीनमा प्रतिक्रान्ति भए पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र र विश्व समाजवादी शिविरभित्र अबश्यै पनि गंभीर प्रकारको धक्का लाग्यो । र , अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । अझैसम्म यो अवस्था कायमै छ ।
सन १९८० विश्वभरका क्रान्तिकारीहरुको भेलाको आयोजना गरियो । सन १९८४ मा क्रान्तिकारी कम्युनिस्टहरुको अन्तर्राष्ट्रियका रुपमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम) को स्थापना भयो ।
सन १९८८ मा कमरेड गोञ्जालोले नेतृत्व गरेको पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङपाथ) ले कमरेड माओका योगदानहरुलाई माओवाद मान्नुपर्ने भन्दै माओवादको पदावली प्रयोग गर्र्याे र त्यस पछि क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम)मा आबद्ध विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरुले कमरेड माओका योगदानहरुलाई संश्लेषण गरिएको माओवादलाई अंगिकार गर्ने र पार्र्टीको पथप्रदर्शक सिध्दान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुने कुरालाई आत्मसात गरियो र पार्र्टीको नामको अगाडि कोष्टभित्र माओवादी लेख्न थालियो ।
पेरुमा कमरेड गोञ्जालोको नेतृत्वमा पेरुभियाली कम्युनिस्ट पार्र्टी (साइनिङपाथ)ले सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको थियो ।
तीनवटा मुख्य शहर रहेको पेरुमा माओवादीहरुले राजधानी रहेको लिमा शहर कब्जा गर्ने अवस्थामा पुगेकै बेला, सन १९९२ मा साइनिङपाथका अध्यक्ष कमरेड गोञ्जालो अमेरिकी पिठ्युँ फुजिमोरी सरकारको गिरफ्तारीमा पर्नु भयो र उहाँलाई सैनिक जेलमा राखियो । त्यस पछि दोस्रो र तेस्रो तहका नेताहरु पनि गिरफ्तारीमा पर्नु भयो र भीषण दमन चलायो । त्यस पेरुभियाली माओवादीहरुले सञ्चालन गरेको सशस्त्र जनयुद्धले सेटब्याक खायो ।
सन १०९१ मा सोभियत मोडलको समाजवादलाई विधिवत रुपमा विघटन गरियो । त्यस पछ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र निरासा छाइरहेको बेला यता नेपालमा नेपाल कम्युनिस्ट पार्र्टी (माओवादी)को पहलमा २०५१ साल (सन १९९६ ) फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको शुरुवात भयो ।
दश वर्षसम्म सञ्चालन गरिएको सशस्त्र जनयुद्धको प्रक्रियामा आधार इलाकाहरु निर्माण गरिए । स्थानीय जनसत्ताहरु , जनअदालतहरु , जनकम्युनहरु र जनसरकारहरु निर्माण हुदै गए । सात सात वटा जनमुक्ति सेनाका डिभिजनसम्म बन्न पुगे ।
राजनीतिक शक्ति सन्तुलन हुदै प्रत्याक्रमणको चरणमा पुगिसकेको बेला जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड–बावुराममा व्यापक रुपमा वैचारिक विचलन पैदा भए पश्चात उनीहरूले साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गरेर प्रतिक्रियावादमा पतन हुन पुगे पछि दश वर्षे जनयुद्धले सेटब्याक खान पुगेको छ ।
तर माओवादी आन्दोलनभित्रका क्रान्तिकारीहरुले २०६९ असार २र५ को बौद्ध राष्ट्रिय भेलाबाट विद्रोह गरी नेपाल कम्युनिस्ट पार्र्टी–माओवादी पुनर्गठन गरेर अहिले नेकपा ( क्रान्तिकारी माओवादी ) सम्म पुगेर सशस्त्र जनविद्रोह मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने लक्ष्यका साथ क्रान्तिको तयारी गरिरहेको छ ।
विप्लव नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरुले क्रान्तिको कामलाई अगाडि बढाइरहेको छ । आज विश्व क्रान्तिका निम्ति वस्तुगत अवस्था परिपक्व बन्दै गएको भए पनि आत्मसात शक्ति कम्जोर छ । यति हुदाहुदै पनि भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) पहलमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ । भारतको ठूलो भूभागमा माओवादी जनयुद्धले प्रभाव फैलाइसकेको छ ।
टर्र्कीको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्र्टीले सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्था छ भने फिलिपिन्सको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्र्टीले जनमुक्ति सेनाको निर्माण गरेर सशस्त्र जनयुद्धको पहल गर्ने तयारी गरिरहेको अवस्थामा छ । साथै पाकिस्तान , बंगलादेश , अफगानिस्तानका माओवादीहरु सशस्त्र जनयुद्धको तयारी गरिरहेको अवस्थामा छन । यस अतिरिक्त फ्रान्स , इटली , जर्मनी , नेदरल्यान्ड , बेलजियम , ब्राजिल , भेनेजुयला , अमेरिका , इजरायल , चिलीका माओवादीहरु सशस्त्र संघर्षका पक्षमा रहेका छन । पेरुभियाली कम्युनिस्ट पार्र्टी (साइनिङपाथ)का अध्यक्ष कमरेड गोञ्जालो सन १९९२ साल देखि २८ वर्ष यता पेरुको सैनिक जेलमा नजरबन्द हुनुहुन्छ ।
पेरुमा माओवादी जनयुद्धले सेडब्याक मात्र खाएको अवस्था हो । नेतृत्वले आत्मसमर्पण गरेको , क्रान्ति प्रति गध्दारी वा अन्य कारणले त्यहाँको माओवादी जनयुद्ध समाप्त भएको होइन । माथि पनि चर्चा गरिएको छ कि कमरेड गोञ््जालो लगायत पहिलो , दोस्रो र तेस्रो तहसम्मका नेताहरु गिरफ्तारीमा जेल परे पछि जनयुद्धले सेडब्याक खाएको हो । बाताबरण बनाउदै गरेर त्यहाँ पनि पुनः सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरको अवस्था छ । आज संसारभर क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका लागि वस्तुगत अवस्था ठिक हुदाहुदै पनि आत्मगत अवस्था कम्जोर भएकै कारण क्रान्ति सम्पन्न गर्नलाई गंभीर प्रकारका जटिलताहरु छन । यसका बावजुद आज साम्राज्यवादमा गरिरसकेको पुँजीवाद हरक्षेत्रमा संकटग्रस्त बन्दै गरेकोले विश्व सर्वहारा वर्गका सामु महान अवसर र गंभीर चुनौतीका बिचबाट विश्व क्रान्तिलाई अगाडि बढाउनु पर्ने दायित्व थपिएको अवस्था छ ।
सन १९८४ मा गठन भएर सञ्चालनमा आइरहेको क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन(रिम) को विघटन भइसकेको छ । आज पुनः कम्युनिस्ट अन्तर्राष्ट्रियको आवश्यकता र महत्त्व बढिरहेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिध्दान्त मान्दै आएका माओवादी पार्र्टीहरुबाट कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माण र परिचालनको आवश्यकता महसुस गरिरहेको अवस्था छ ।
यसै महत्त्वलाई मध्यनजरमा राखेर नेपाल कम्युनिस्ट पार्र्टी (क्रान्तिकारी माओवादी ) कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण गर्न पहल गर्ने निर्णय गरेर यसको निर्माणको आवश्यकता र महत्त्वका बारेमा बहस चलाउदै निर्माणका निम्ति पहल गर्ने योजना अगाडि बढाइरहेको अवस्था छ । यस पहलले विश्वभरका क्रान्तिकारी माओवादीहरुलाई उत्साहित तुल्याउनु स्वाभाविकै हो ।
आज प्रतिक्रान्ति भएको भए पनि चीन , भियतनाम लगायतका देशहरूमा कम्युनिस्ट पार्र्टीकै नेतृत्वमा सम्बन्धित देशको विशेष्थतामा समाजवादी शासन प्रणाली चलाइरहेको बताइएको छ भने उत्तर कोरिया , क्युवामा पनि समाजवादी व्यवस्था सञ्चालन भइरहेको भन्ने रहेको छ ।
अर्र्कोतिर नेपाल , ब्राजिल , भेनेजुयला जस्ता देशहरू पार्र्टीको नाम कम्युनिस्ट पार्टी राख्दै आएको भए पनि संसदवादमा पतन भएर पुरै साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थालाई स्वीकार गर्दै संसदीय पुँजीवादी व्यवस्थामा पतन भइसकेका छन । तर उनीहरूले कम्युनिस्ट पार्र्टीको लोगोलाई ट्रेडमार्कको रुपमा प्रयोग गरेर जनताका बिचमा भ्रमको खेती गरेर क्रान्ति प्रति गध्दारी गरेर जनतालाई झुक्याउने कार्य गरिरहेका छन । उदाहरणका रुपमा नेपालको सत्ताधारी नेकपाले संसदीय निर्वाचनबाट दुई तिहाईको बहुमतको कम्युनिस्ट सरकार निर्मँण गरेको नाटक गरेर नेपाली जनतालाई भूलभुलैयामा पारिरहेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन एकातिर बहुलवादी संसदवादी दक्षिणपन्थी संशोधनवादी धारा र क्रान्तिकारी माओवादी धारा गरी दुई विपरीत धारामा खडा हुन पुगेको छ ।
आज यसरी नेपाली क्रान्ति तथा विश्व क्रान्तिका सामु संसदवादमा गिर्न पुगेको दक्षिणपन्थी संशोधनवाद प्रमुख बाधकको रुपमा खडा हुन पुगेको छ । यसलाई समाप्त पार्न मूलतः विश्व सर्वहारा वर्ग र सम्बन्धित देशका क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरु , विशेष गरी मालेमावादलाई पथप्रदर्शक सिध्दान्त अवलम्बन गर्दै आएका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरुले आफ्नो देशको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मालेमावादसम्मत ढंगले क्रान्तिलाई अगाडि बढाउने र विजयको शिखरमा पुर्याउने दायित्व विश्वभरका क्रान्तिकारी माओवादी पार्र्टीहरुको काँधमा आईपुगेको छ ।
कोभिड १९ द्वारा सिर्जित मानवीय समस्याहरुले गर्दा पनि अब विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्र्टीहरु र सिंगो विश्व सर्वहारा वर्गले नयाँ आधारमा सोच्ने , चिन्तन मनन गर्ने , क्रान्तिकारीपनामा मात्र रुमलिए र नबसरेर नयाँ रणनीतिक कार्य दिशाहरु अप गर्दै क्रान्तिको कामलाई अगाडि बढाउनुको विकल्प छैन ।
मितिः२७ सेप्टेम्बर २०२०
(लेखक स् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।)