बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका-२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी सम्झनाको  बलत्कार पछि हत्या भएकाे थियाे ।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परे‍को जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।