राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हेमप्रसाद पुनको अनुशासन र धैर्यता अनुकरणीय रहेको बताउनुभएको छ ।

हेमप्रसाद पुनको १४ औँ स्मृति दिवसका अवसरमा अखिल नेपाल युवक संघ र अखिल नेपाल जनजाति सम्मेलनले संयुक्त रुपमा आयोजनामा गरेको कार्यक्रममा अध्यक्ष केसीले हेम पुनबाट अनुशासन, धैर्यता र निरन्तरता सिक्नुपर्ने बताउनुभयो । अहिले बाहिको दुषित वातावरणले बारम्बार आक्रमण गरिरहेको यथार्थता उल्लेख गर्दै केसीले भन्नुभयो, ‘पार्टीको अनुशासनमा बसेर हिँड्न् गार्‍हो हुन्छ । तर हेम पुन त्यस्तो क्षमता भएको कम्रेड हुनुहुन्थ्यो । नयाँ पिंढीमा पार्ने प्रभावले बाग्लुङ लगायत देशमा उहाँको महत्त्वपूर्ण भुमिका रहेको छ ।’

उहाँले अथक प्रयास गर्दागर्दै पनि हेम पुनलाई बचाउन नसकिएको बताउनुभयो । पुनको निधनले समाज र पार्टीलाई ठुलो क्षति पुगेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

‘हस्पिटलको विश्वास गरियो तर बचाउन सकिएन । उहाँको निधनले बाम आन्दोलन र हाम्रो पार्टीलाई ठुलो क्षति भयो’ अध्यक्ष केसीले भन्नुभयो, ‘उसलाई जन्ताले सम्झिन्छन, जसले रम्रो काम गर्छ । हेम पुनलाई जनताले सम्झिनुको कारण पनि उहाँको कामले नै हो । उहाँको जनवादी क्रान्तिको सपना थियो, अब त्यो हामीले पूरा गर्नु पर्छ ।’

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले हेम पुन सशक्त युवा नेता हुनु हुन्थ्यो भन्दै उहाँको योगदानलाई योजनाबद्ध तरिकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

पुरीले भन्नुभयो, ‘उहाँ अनुसासित र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहाँले कहिलेपनी अराजकतालाई प्रोत्साहन गर्नु भएन । हामीले त्यसबाट शिक्षा लिनु पर्छ ।’

त्यस्तै अतिथी अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मीले पुनले युवक संघ निर्माण गर्न मद्दत गरेको स्मरण गर्दै अब उहाँको लक्ष्य पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

यसै गरि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले उहाँको जीवनी माथि प्रकाश पार्नुभयो ।
‘२०२८ साल फागुन २८ गते बाग्लुङ रिघामा जन्मीनुभएका उहाँ गुल्मी र काठमाडौंमा समाजसास्त्रमा डिग्री गर्नुभएको थियो । २०५७ मा युवाको अध्यक्ष हुदै २०६३ सालमा जनजाती सम्मेलनको महासचिव हुनुभयो र युवको सल्लाहकार रहेका बेलामा उहाँको मृत्यु भयो । अहिले उहाँको नाममा अक्षयकोष प्रतीक्षालय लगायत धेरै काम भएको जानकारी गराउनु भयो । उहाँले मलाई बचानु होला भन्नू हुन्थ्यो बिरामी हुदा तर सकिएन’ बुढाले भन्नुभयो ।

त्यस्तै,अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव तथा युवक संगठनका सल्लाहकार लक्ष्मण देब पाण्डे, नेकपा मसाल काठमाडौंका प्रवक्ता जगत प्रसाद रेग्मि लगायतका नेताहरुले उहाँले दिनुभएको यौगदान र अनुसानबाट हामीले पाठ सिक्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता जनजाती सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी मगर,सञ्चालन अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त बहादुर बिक र स्वागत जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढाले गर्नु भएको प्रवक्ता रेग्मीले जानकारी दिनु भयो ।

अखिल नेपाल जनजाति सम्मेलन काठेखोला गाउँ समिति, बागलुङको आयोजनामा धारा माविको सभाहलमा २०७७ असोज ७ गते हेमप्रसाद पुनको चौधौँ स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । पुनको फोटोमा अबिर र फूल चढाएर एक मिनेट मौनधारण गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापाले पुनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँले पार्टी–सङ्गठन र परिवर्तनको पक्षमा पुराउनु भएको योगदानको चर्चा गर्नुभएको थियोे ।

सो अवसरमा जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल भूतपुर्व सैनिक सङ्घ बागलुङका सचिव थिरबहादुर राना, जातीय समता समाज बागलुङका सचिव टीकासङ्गम विक, अखिल (छैठौं) बागलुङका पूर्व अध्यक्ष शिवलाल चालिसे, अखिल नेपाल शिक्षक सङ्घ काठेखोलाका सदस्य कुमार केसीलगायतले श्रद्धाञ्जली मन्तब्य दिनुभएको थियो ।

समता समाज बागलुङका सदस्य भीम बहादुर विक, अखिल नेपाल किसान महासङ्घ बागलुङका सदस्य दिलबहादुर पुन को समेत आतिथ्यता रहेको उक्त कार्यक्रम काठेखोला गाउँ समितिका अध्यक्ष थमन पुनको अध्यक्षता, राष्ट्रिय परिषद् सदस्य कर्ण पुनको सञ्चालन र प्रदीप पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

आफ्नै गाउँ रिघामा हेम पुनको स्मरण

स्वर्गीय हेम प्रसाद पुनको १४ औं स्मृति सभा आज उहाँको गाउँ गल्कोट नगरपालिका ११ सानो रिघामा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा वडा समिति रिघाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता राजमो वडा समिति अध्यक्ष बलबहादुर पुन, सञ्चालन सचिव दलबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अथिति राजमो जिल्ला सल्लाहकार बेदिलाल सापकोटा, अथितिहरु आमा भद्रकली पुन, भाई नरेन्द्र पुन, दिदी कृष्णा पुनको उपस्थित रहेको थियो ।

कार्यक्रममा भाइ नरेन्द्र पुन, अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिहंले मन्तब्य दिनुभएको थियो । वक्ताहरुले हेम पुन पार्टीमा लगनशील, ईमानदार र अनुसाशित रहेको स्मरण गर्दै उहाँको मृत्युले संगठन र समाजलाई अपुरणीय क्षति पुगेको बताउनु भयो ।

बुटवल । अखिल नेपाल युवक संघ रूपन्देही र अखिल नेपाल जनजाति सम्मेलन रूपन्देही जिल्ला समितिको संयुक्त आयोजनामा हेमप्रसाद पुनको १४ औं स्मृति दिवस सम्पन्न भएको छ।

जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नारायण पुनको अध्यक्षता, युवक संघका जिल्ला संयोजक हरि योगीको सञ्चालन र ज्ञामुध्वज मल्लको स्वागतबाट अगाडि बढेको कार्यक्रममा पुनको तस्बिरमा टीका लगाई सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरूले पुनको निधनले पार्टी र क्रान्तिमा ठूलो क्षति भएको र एउटा सहयोद्दा कामरेड गुमाउनु परेको बताउनुभयो । जन्म पछि मृत्यु वास्तविकता भए पनि सबैको सम्झना हुने नगरेको भन्दै जस्ले देश र समाजको लागि केही न केही योगदान गरेको हुन्छ, त्यसलाई मात्र हामीले सम्झने गर्दछौं उहाँहरुले भन्नुभयो । तिनै समाजसेवी मध्य एउटा अति महत्त्वपूर्ण ब्यक्तित्व हेमप्रसाद पुन भएको समेत वक्ताहरुले औंल्याउनु भयो ।

वक्ताहरूमा रूपन्देही व्यापार संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय उध्धोग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा,जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक,राजमो जिल्ला सचिव टान बहादुर केसी हुनुहुन्थ्यो ।

कार्यक्रममा रूपन्देही प्रवक्ता नारायण जिसी र अनेज सम्मेलनका ५नं प्रदेश सदस्य तथा पुनका सहयात्री बिमल श्रीसले पनि मन्तव्य दिनुभएको थियो ।

अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा अखिल नपाल जनजाती सम्मेलनका पुर्व महासचिव हेमप्रकाश पुनको १४औं स्मृतिसभा बाँकेको कोहलपुरमा आज सम्पन्न भएको छ।

अखिल नेपाल युवक संघ बाँके र अखिल नेपाल जनजाती सम्मेलन बाँकेको संयुक्त आयोजनामा सम्पन्न उक्त स्मृतिसभामा सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले आफ्नो संगठन र युवा आन्दोलनमा उहाँको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा अघि वढ्नुपर्ने बताउनु भयो ।

संगठनको काममा अहोरात्र खटेर लागिरहँदा निधन हुनुभएका पुनको फोटोमा महासचिव कृष्णराज पाण्डे, युवक संघकै पूर्व केन्द्रीय उपाध्यक्ष जगदीश ढकाल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष भिमप्रसाद देबकोटा, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष जोगप्रसाद भण्डारी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, अखिल नेपाल जनजाती सम्मेलनकी ५नं. प्रदेश सदस्य पार्वती बराल, राजमो कोहलपुर नगर समिती वाड नं. १२ का सदस्य बालकृष्ण लम्साल लगायतले माल्यार्पण सहित श्रद्धाञ्जली दिनुभएको थियो ।

स्मृति सभाका अध्यक्ष अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्काले हेम पुनको जिवनी बाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन युवक संघ बाँकेका सदस्य सुनिल चौधरीले गर्नुभएको थियो ।