(भारतीय कम्युनिस्ट नेता ज्योति बसुको संस्मरण)
म जन्मिएको घरको सम्झना गरिरहेको छु । चौरिङघी बाटो छेउको हाम्रो घरको सम्झना अझै ताजा छ । मेरा भाइ–बहिनीहरूसित म खुब खेल्थेँ । त्यतिबेला म दश वर्षको थिएँ । मेरा पिता डा. शिनकान्त बसुको घरमा हैकम चल्थ्यो । हाम्रो परिवार पूर्णतः पितृसत्तात्मक हिन्दू सगोल परिवार हो । मेरी आमा हेमलत्ता बसु घरको कामकाज र केटाकेटी स्याहार–सुसार गर्ने काम गर्नुहुन्थ्यो । मेरी आमाको हातबाट पकाएका खानेकुरा निकै स्वादिष्ट हुन्थ्यो । सानोमा म बङ्गाली मिठाइहरू खुब खान मनपराउँथेँ ।
त्यसो त मेरो परिवारको छुट्टै कुनै विचारधारा थिएन, यद्यपि मेरो परिवारमा प्रगतिशील विचार भएको पाइन्छ । मेरा पिता चिकित्सक हुनुहुन्थ्यो र साम्राज्यवादविरोधी क्रियाकलापको समर्थक हुनुहुन्थ्यो । उहाँ तत्कालीन समयमा साम्राज्यवादविरोधी गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आसामको दिबुरग चिकित्सा विद्यालयबाट स्नातक गर्नुभयो र चिकित्साशास्त्रमा अमेरिकामा उच्च अध्ययन गर्नुभएको थियो । उहाँ आफूलाई सच्चा आदर्शवादी मान्नुहुन्थ्यो ।

सङ्घर्षमा बसु

मेरी आमा बारोदी, ढाकाको धनी जमिनदारकी एक्ली छोरी हुनुहुन्थ्यो । कथा सुनाउने राम्रो खुबी उहाँमा थियो । उहाँले हामीलाई स्वदेशी नेता मदन मोहनका बारेमा बडो रुचिकर ढङ्गले कुरा सुनाउने गर्नुहुन्थ्यो । मदन मोहन बाउमीक बरोदीमा उहाँको घरमा आई लुकीछिपी राजनीति गर्नुहुन्थ्यो । उहाँका त्यसबेलाका गतिविधिबारे दोहो¥याई तेहो¥याई सुनाउन म आमालाई आग्रह गर्ने गर्थेँ । हरेक पटक म अचम्मित हुँदै मख्ख परेर सुन्थेँ । मेरो बाल्यकालको बढी स्मरणीय क्षण म यही कथा सुन्ने समयलाई मान्छु । बुबाको क्लिनिकमा गई काम गरेको हेर्ने र आफूले पनि डाक्टरले जस्तै बिरामी जाँचेर खेल्नु खुब मज्जा आउँथ्यो ।
विद्यालयमा पढ्न जान मलाई पटक्कै मन थिएन । यद्यपि, म विद्यालयमा राम्रै विद्यार्थी मानिन्थे । लोरेटो बालउद्यानमा भर्ना हुँदा म ६ वर्षको थिएँ । माध्यमिक विद्यालयमा भर्ना हुन यहाँ चार वर्ष पढ्नुपर्ने हुन्थ्यो । तर, मेरो लागि चार वर्ष पढ्न परेन । म डबल प्रमोसनमा परेँ । तर, त्यसबाट खासै उपलब्धि पाइँन । मेरो अभिभावकले मलाई अर्को विद्यालयमा भर्ना गराउन सक्नुभएन । कुन विद्यालयमा भर्ना गराउने भने निक्र्यौल गर्न सक्नुभएन । त्यतिबेला सेन्ट जेभियर्स विद्यालय उत्तम विद्यालय मानिन्थ्यो । तर, त्यहाँ समय नाघिसकेकोले मलाई भर्ना लिन मानेन । मेरो बुबाले लोरेटो धुम्रटोलमा गएर त्यहाँको सुपरिटेन्डेन्टलाई धेरै आग्रह गरेपछि बल्ल मान्नुभयो । तर, सबै छात्रा विद्यार्थीहरूमात्र भएको कक्षामा मैले पढ्नु पर्ने भयो । क्याउँक्याउँ कराइरहने छात्राहरूबीचमा मैले पढ्नुप¥यो । अर्को वर्षमात्र म औपचारिक रूपमा सेन्ट जेभियर्स विद्यालयमा भर्ना भएँ ।
त्यो अवधिको संस्मरण मलाई सा¥है मनपर्छ । सन् १९२६ मा बुबाले दक्षिण कोलकत्ताको हिन्दुस्तान पार्क क्षेत्रमा नयाँ घर बनाउनुभयो । त्यहाँ बसाइँ सर्दा म १० वर्षको थिएँ र यौवनका केही समय पनि त्यही बिताएँ । पिच बाटो थिएन, वरपर नरिवलका रुख र बाँसहरू थिए । बाहिर खेल्न जानु मलाई साहै मनपथ्र्यो । सामान बेच्नेहरूको आवाज आइरहने र क्रिकेट रगेड्दाको उमङ्ग मेरो बाल्यावस्थाका हिराजस्तै अमूल्य क्षणहरू थिए ।
सन् १९३० मा बङ्गाल स्वदेशी आन्दोलन उर्लँदो अवस्थामा थियो । बङ्गालका ठाउँ–ठाउँमा साम्राज्यवादविरुद्ध आक्रोश र हिंसा फैलिएको थियो । यो राष्ट्रिय भावनाको वातावरणमा म पूर्णतः समाहित भएँ । महात्मा गान्धीको धारणालाई समर्थन गर्दै म पनि भोक हड्तालमा भाग लिएँ । म ती दिनहरू विद्यालय पनि गइनँ ।

युवा बसु

राजनीतिक जुलुसहरूमा जान अर्को उत्साह र साहसको काम थियो । नेताजी सुवासचन्द्र बोसले भाषण गरेको एउटा जुलुसमा म र मेरी भतिजी देवाप्रिया सहभागी भयौँ । जुलुस विशाल थियो । त्यति आक्रामक, उत्साही र समर्पित जनताको लर्को त्यसअघि मैले देखेको थिइनँ । मेरो वरपर राष्ट्रियताबाट अभिप्रेरित जनताको उपस्थिति एकातिर थियो भने अर्कोतिर गोराहरूको सर्वेसर्वा र आक्रोश पनि त्यही अवस्थामा देखेको थिएँ । हामीले खादी कपडा लगाएकोले प्रस्टैरूपले राष्ट्रवादी भनेर चिनिन्थ्यौँ । तसर्थ हामी प्रहरीहरूद्वारा निकृष्ट ढङ्गले लखेटिन्थ्यौँ । मैले त्यहाँ दबाउने र दबिने प्रस्ट छुट्याउन नसके पनि त्यो वास्तविक जीवनमै भोगेको साहसिक क्षणपश्चात् त्यो विवेकहीन व्यवहारप्रति मलाई घृणा भयो । त्यसले गर्दा मेरा पछिल्ला दिनहरूमा गहिरो ढङ्गले गोराहरूको शासनविरुद्ध पूर्ण समर्पित हुन ऊर्जा प्रदान ग¥यो ।
किरण रोय र विजय मोदक दुई स्वदेशी नेताहरूसित मेरो काकाको सम्बन्ध थियो । उहाँहरू हाम्रो घर आउने गर्नुहुन्थ्यो । सधैँजसो घरमा आउनुहुने इन्दुसुधा घोष त हाम्रो नातेदार पनि पर्नुहुन्छ । उहाँहरू सबै समर्पित स्वतन्त्रता सेनानीहरू हुनुहुन्थ्यो । तर, त्यतिबेला मलाई त्यसको अर्थ थाहा थिएन । मेरो काका नालिनीकान्त बसु कोलकत्ता उच्च अदालतका अवकाश प्राप्त न्यायाधीश हुनुहुन्थ्यो । उहाँलाई विशेष अदालतमा पुनः न्यायाधीश नियुक्त गरी स्वदेशी नेताविरुद्धको मुद्दा फैसला गर्न लगाउँदै थियो ।
जफत गरी ल्याइएका विविध राष्ट्रवादी प्रकाशनहरू, पुस्तकहरू उहाँको टेबुलमाथि राखिएका हुन्थे । उहाँको अनुपस्थितिमा मैले ती सबै पुस्तकहरू मन लगाएर पढेँ । भूमिगतरूपमा गरिएका स्वतन्त्रताका गतिविधिहरूप्रति हामी भावनात्मकरूपले प्रभावित भयौँ । म र मेरी दिदी, भाइहरू सबैले सकेजति पुस्तक पढेका थियौँ । हामीले काकालाई बेनामी चिट्ठी पठाई राष्ट्रियताविरोधी पेशामा नलाग्न आह्वान ग¥यौँ ।
त्यस्ता घटनाहरूले मेरो राष्ट्रियताको भावनामा नजानिंदोरूपमा मलजल पायो । राष्ट्रवादीहरूले चितागङ्ग हतियार खानाबाट हतियार कब्जा गर्दा मेरो विद्यालयका जेसुत फादरले लुटको आरोप लगाउँदा मैले कक्षामा त्यसको विरोध गरेँ । त्यसपछि म मेरा बेलायती मूलका भारतीय साथीहरूबीच अलोकप्रिय बनेँ । तर, मलाई त्यसले केही असर गरेन । कोलकत्ताको प्रेसिडेन्सी कलेजमा अङ्ग्रेजी साहित्यमा स्नातक गर्दै पनि म राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर थिइनँ । बुबा मलाई व्यारिस्टर बनाउने इच्छा राख्नुहुन्थ्यो । त्यसैले लण्डनमा कानुन विषय पढाउने बुबाको निर्णयप्रति म खुसी नै थिएँ । सन् १९३५ मा लण्डनमा गएपछि ती उद्देश्यहरूमा आमूल बदलाब आयो । त्यो मेरो अर्को कथा हो । मेरो जीवनको अर्को पाटो हो ।
लण्डनमा मेरो लक्ष्य प्रस्ट भयो । लण्डनमा बुबाको इच्छाअनुसार आफ्नो कानुनी विद्या प्राप्त गर्न आएको थिएँ । तर, मनभित्र राष्ट्रवादी उत्साह भएका ठूलठूला आँखा भएको एक युवक ‘शत्रुको’ मुटुमा पुगेको थियो । यो विरोधाभाषले मलाई बलियो प्रहार ग¥यो ।
मेरो लण्डन यात्राबारे मलाई कुनै पछुतो छैन । अर्को अर्थमा लण्डनले मलाई बनायो । तर, मेरो बुबा र म स्वयंले सोचेँजस्तो होइन । प्रेसिडेन्सी कलेजमा पढ्दा लण्डनको वातावरण बडो तनावपूर्ण भएको पाएँ ।
सम्पूर्ण युरोप नै राजनीतिक उतारचढावको स्थितिमा थियो त्यतिबेला । इटालीमा फासीवादी नेता बेनिटो मुसोलिनी सत्तामा थिए र उनले आफ्नो देशलाई निरङ्कुश राज्यमा परिणत गर्दै थिए । जर्मनीको आर्थिक स्थिति कमजोर हुँदै थियो । स्पेन पूर्णतः गृहयुद्धमा फसेको थियो । सोभियत सङ्घले स्पेनी गणतन्त्र बचाउन कोशिश गर्दै थियो तर त्यसलाई बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकाले विरोध गर्दै थिए ।
अरू विद्यार्थीहरूलाई जस्तै मलाई पनि लण्डनको राजनीति आँधीबेहरीले प्रभाव पा¥यो । त्यो समय अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो र तातो बहसको समय थियो । म सम्झिरहेछु, त्यतिबेला विद्यार्थीका ठूल–ठूला समूह बेलायती राजनीतिशास्त्रका प्रोफेसर हारोल्ड जोसेफ लास्कीको फासीवादविरोधी तर्कपूर्ण प्रवचन सुन्न जम्मा हुने गर्दथँे । त्यो उत्प्रेरणा दिने प्रवाहबाट म धेरै प्रभावित भएँ र मभित्र फासीवादविरुद्धको विचारधारा र साहित्यको गहिरो छाप बस्यो । मैले उत्कट चाहनासहित थुप्रै पर्चा र पत्रिकाहरू अध्ययन गरेँ ।
फासीवादविरुद्ध निरन्तर अभियानमा लागिरहने सङ्गठन बेलायती कम्युनिस्ट पार्टीमात्रै हो भन्ने निष्कर्षमा म पुगेँ । फासीवादी निरङ्कुशता पर्दाफास गर्न बेलायती कम्युनिस्ट पार्टीले पर्चा, पत्रिका प्रकाशन गर्ने, ठूला सभाहरू गर्ने र जुलुस प्रदर्शन गर्ने काम निरन्तर गरिरहन्थ्यो । साङ्गठनिक बल कमजोर भए पनि उनीहरूको ज्वलन्त उत्साहबाट म निकै प्रभावित थिएँ ।
लण्डन र लण्डन वरपर पढिरहेका फासीवादीविरोधी भारतीय विद्यार्थीहरूको सङ्गठन ‘लण्डन मजलिज’ मा म पनि सदस्य बनेँ । म सङ्गठनको गतिविधिमा सक्रिय भएँ र तुरून्तै सङ्गठनको सचिव पनि भएँ । केही समयपछि नै हाम्रो सङ्गठनको सदस्यता अक्सफोर्ड, क्याम्ब्रीज र लण्डन स्कूल अफ इकोनोमिक्समा वृद्धि भयो ।
सचिवका रूपमा मेरो कर्तव्य भनेको भारतीय राष्ट्रिय आन्दोलनका नेताहरूको बेलायत भ्रमण हुँदा स्वागत कार्यक्रमहरूको प्रबन्ध मिलाउनु थियो । सन् १९३८ मा जवाहरलाल नेहरूलाई स्वागत कार्यक्रम ग¥यौँ । त्यतिबेला नेहरूसँगको मेरो पहिलो भेट थियो । उहाँलाई भारत लिगका कृष्ण मेननमार्फत भेटेको थिएँ । उहाँको फासीवादविरोधी अडानका कारण म उहाँलगायत उहाँकी बहिनी विजयलक्ष्मी पण्डित र यासुफ र मेहर अलीको प्रशंसक थिएँ । म युवा थिएँ र माक्र्सवाद र वामपन्थी विचारप्रति असाधारण ढङ्गले उत्साहित थिएँ । नेहरूलाई भेट्नेबित्तिकै मैले एकै श्वासमा भनँे, “हामी समाजवादमा विश्वास गर्छाैँ ।” नेहरूले प्रश्नवाचक जवाफ फर्काउनुभयो, ‘हामीले पहिला स्वतन्त्रता पाउनुपर्छ भन्ने तपाईँलाई लाग्दैन ?’ “हो, म सहमत छु,” मैले जवाफ फर्काएँ । त्यसपछि मात्र मैले उहाँलाई स्वागत गर्न आमन्त्रण गरेको सम्झन्छु ।
सुवासचन्द्र बोस वामपन्थी आन्दोलनको नेता मानिनुहुन्थ्यो । सन् १९३५ मा त्रिपुरा काङ्ग्रेसको अध्यक्षमा निर्वाचित हुँदा लण्डन मजलिजको तर्फबाट बधाई सन्देश पठाउने निर्णय ग¥यौँ । उक्त अवसरमा फेरोज गान्धीलाई पनि आमन्त्रण गरेका थियौँ । उहाँ समर्थन जनाउन उपस्थित त हुनुभयो, तर भाषण गर्न चाहनुभएन । मैले र एन.के कृष्णनले सम्बोधन ग¥यौँ । सुवासचन्द्र बोसले लन्डन भ्रमण गरेको पनि सम्झन्छु । उहाँलाई आर पाम दत्तले अन्तर्वार्ता लिनुभएको थियो र अन्तर्वाताको पूर्ण विवरण बेलायती कम्युनिस्ट पार्टीको प्रकाशन ‘द डेली वर्कस’ मा प्रकाशित गरिएको थियो ।
लण्डनमा समय तेजले बित्दै थियो । हरेक दिनजसो राजनीतिक जोस उमार्ने नयाँ कुराहरू पत्ता लागेझैँ हुन्थ्यो । त्यो समय नै ठूलो उतारचढावको समय थियो । म त्यसबाट अछुटो हुन चाहन्नथेँ । बितेका प्रत्येक दिनमा म कम्युनिस्ट विचारधारामा सक्रिय सहभागी हुँदै गएँ । एक मित्रको घरमा मैले भूपेश गुप्तालाई भेटेको थिएँ । उहाँ पनि त्यतिबेला लन्डनमा कानुन पढ्दै हुनुहुन्थ्यो । पहिलो भेटमै मलाई उहाँ मनप¥यो । उहाँलाई चिन्दै गएपछि झन् प्रभावित भएँ । उहाँको तीक्ष्ण बौद्धिकता र प्रेरणादायी व्यवहारबाट म प्रभावित बनेँ । त्यस्तै स्नेहान्सु आचार्यको व्यक्तित्व र अचम्मको बौद्धिक क्षमता तथा अरूलाई हँसाउन सक्ने क्षमताबाट पनि प्रभावित बनेँ । हामी एउटै विचार राख्ने हुँदा जीवनभरि नै साथी भइरह्यौँ । ह्यारी पोलिट, आर. पाम दत्त, क्लेमेन्ट दत्त र बेन ब्राड्लेसित पनि मित्रता प्रगाढ बन्यो ।
त्यतिबेला भारतीय कम्युनिस्ट विद्यार्थीहरूको तीन समूह थियो । रजनी पटेल, पी. एन. ट्टकसार, मोहन कुमारमङेगलम र इन्द्रजीत गुप्तालाई मैले पछि चिनेँ । हामी प्रायः जसो रेणु चक्रवर्ती, ऐन के. कृष्णन, निखिल चक्रवर्ती र अरूण बोससित संयुक्त बैठक बस्थ्यौँ । भारत लीगका सदस्य फेराका सदस्य फेरोज गान्धी भारतीय विद्यार्थी फेडेरेसनको कुनै पनि बैठक छोड्नु हुन्थ्यो ।
भारतीय सामुद्रीय मजदुरहरूबीच निरक्षरता उन्मूलन गर्ने अभियानका लागि मैले पूर्वी लण्डनमा धेरै समय बिताएँ । सिद्धान्त र व्यहारमा तादात्म्यता मिलाउनुपर्ने मेरो ठम्याइ थियो । सिद्धान्त, अध्ययन र व्यवहार यी तीन खम्बाहरूविना साम्यवाद बौद्धिक विलासिताको वस्तुमात्रै हुनसक्थ्यो । तसर्थ मैले मेरो ऊर्जाशील युवा अवस्था भारतीय मजदुरहरूको लागि व्यतीत गर्ने निर्णय गरेँ । प्रत्येक साँझ भूपेशको साथमा हामी समाजवादी विचारबारे छलफल ग¥थ्यौँ । प्रत्येक वर्ष जनवरी २६ मा ट्राफालगर स्क्वायरमा हुने जुलुसमा म सहभागी हुँदा इन्दिरा गान्धी पनि सहभागी हुने गरेको क्षण म याद गरिरहेको छु । हाम्रो भेटघाट हुने अर्को ठाउँ डा. शसाधर सिन्हाको पुस्तक पसल पनि थियो । हामी त्यसलाई बङ्गाली बोलीचालीको भाषामा ‘अड्डा’ भन्थ्यौँ ।
मैले कानुनको अन्तिम परीक्षा डिसेम्बर सन् १९३९ मा दिएँ । तर, मैले त्यसभन्दा अघि नै आफू वकिल नबन्ने निष्कर्षमा पुगिसकेको थिएँ । म अथक, निडर र निरन्तररूपले समाजवादी राज्य स्थापनार्थ लाग्ने निधो गरेँ । युवा अवस्थामा देखेको सपनाले नै भविष्य निर्धारण गर्दछ ।
लण्डन बसाइको अवधिलाई सम्झँदा म त्यसलाई आफू कम्युनिस्ट बन्न र भारतमा कम्युनिस्ट सङ्घर्षमा लाग्न प्रस्थान गरेको विन्दु हो भन्ने ठान्छु । उनीहरूले मलाई पार्टीको काम सिकाए र गरीब, मजदुर तथा आम जनताको शोषणविरुद्ध लड्न सिकाए ।

अनलाइन मजदुरबाट