सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शूरु भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको अधिकार पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बसेको हो।  

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन्। यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए। 

यसअघि शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आजका लागि सारिएको थियाे।