ताप्लेजुङ फुङलिङ नगरपालिका स्थायी घर भइ हाल काठमाडाै कपन बालुवाखानी बस्ने मृगाैला पिडित नर बहादुर पालुङवा र काठमाडाै जैसीदेवल बस्ने ब्रेन ट्युमर पिडित सन्तोष पालुङवाकाे उपचारका लागि फुरुम्बो पालुङवा व‌ंश प्रतिष्ठानले अहिलेकाे बिषम परिस्थितिमा पनि बिरामीकाे जीवन रक्षाका लागि पन्ध्र लाख चाैवालिस हजार एक सय चार रुपैया संकलन गरी बिरामी द्वयलाइ रकम हस्तान्तरण गरेकाे छ । सबैको स सानाे सहयाेगले दाजुभाइकाे जीवन बाच्छ की भनेर याे सहयाेग अभियान चलाइ संकलित रकम पिडिललाइ हस्तान्तरण गरिएको पालुङवा वंश प्रतिष्ठानका राजन पालुङवाले जानकारी दिनुभयाे ।