पोखरा, १० फागुन ।
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको केन्द्रिय समिति चयन गर्ने निर्णय गर्दै पोखरामा जारी केन्द्रिय साधारणसभा सम्पन्न भएको छ ।
पत्रकार महासंघको फागुन ९ र १० गते पोखरामा भएको साधारणसभाले विधान संसोधन गर्दै पारित गरेको छ । संसोधित विधानमा गरि केद्रिय समितिलाई प्रत्यक्ष निर्वाचन प्रणलीमार्फत चयन गर्ने र केन्द्रिय समितिमा एक जना महिला उपाध्यक्ष अनिवार्य राख्ने ब्यावस्था गरिएको छ ।
यस्तै सम्मेलनले १७ बुदे पोखरा घोषणापत्र पनि जारी गरेको छ । उक्त घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि सबै प्रकारका नियम, कानुन, निती निर्देशिका अमान्य हुने उल्लेख गरिएको छ । यस्तै लोककल्याणकारी विज्ञापनलाई सत प्रतिशत बृद्धि गर्नुपर्ने, समानुपातिक बिज्ञापन ऐन तत्काल लागु गर्नुपर्ने लगायतका मागहरु घोषणापत्रमा रहेका छन् ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले घोषणापत्र जारी गर्दै साधारणसभा सम्पन्न भएको जनाएका थिए ।