काठमाडौंको कीर्तिपुरमा घरभेटीको कुटपिट पछि ज्यान गुमाएका व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग उठेको छ ।

पूर्व सांसद रहेकी सरिता गिरीले कीर्तिपुरमा घरभेटीको कुटपिटबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई १० लाख क्षतिपूर्ति, पत्नीलाई नेपाली नागरिकता र रोजगारी दिनुपर्ने माग गरेकी हुन् ।

कीर्तिपुरमा घरभेटीको कुटपिटबाट भारतीय नागरिक शम्भु चौधरीको मृत्यु भएको थियो । प्रहरीले शम्भुको हत्या अभियोगमा कीर्तिपुर नगरपालिका–७ का घरधनी प्रेमलाल महर्जनसहित उनका छोरालाई समेत पक्राउ गरेको छ ।

तर, गिरीले भने प्रहरीले समयमै उद्धार नगर्दा चौधरीको मृत्यु भएको भन्दै उक्त घटनाले आफूलाई गम्भीर बनाएको बताएकी छन् ।

गिरीले चौधरीको परिवारलाई १० लाख क्षतिपूर्ति, चौधरीकी पत्नीलाई नेपाली नागरिकतासहित रोजगार र बालबालिकाहरुको निःशुल्क पठनपाठनको व्यवस्था गरिनुपर्ने माग गरेकी हुन् ।