कोभिड–१९ का कारण संसार ठप्प पारिएको छ । मानिसलाई पृथ्वीमै प्रलय हुन लागेजस्तो अनुभूति गराइएको छ । सारा मानिसलाई मृत्युको नजिक पुगेको महसुस गर्न बाध्य पारिएको छ । मानिसले आफूलाई भय र त्रासको पर्खालभित्र बन्दी बनाएका छन् । यो त्रासदीपूर्ण वातावरणको पछाडि कुन राजनीति, अर्थनीति वा खेलोफड्कोले काम गरिरहेको छ ?

के कोभिड–१९ साँच्चै मानव सभ्यता नै सिद्धिने भयंकर महामारी या प्राणघातक रोग हो त ? के यसले ७० हजार वर्ष लामो मानव सभ्यतालाई सखापै पार्दै छ ? यो बहसको विषय भएको छ । वास्तवमा कोभिड–१९ एउटा स्वास्थ्य समस्या वा रोगका रूपमा मात्रै आएन । मुख्यतः यो राजनीति भूमण्डलीकृत पुँजीवादसँग जोडिएको छ, जसले आफूलाई निगम पुँजीवाद या कर्पोरट पुँजीवादका रूपमा प्रस्तुत गरिरहेको छ । 

आफ्नो मुनाफा आर्जनका निम्ति आममानिसलाई त्रासको चक्रव्यूहमा राख्दै विश्वको जनसंख्या नै घटाउने कुत्सित योजनाअन्तर्गत आएको कुरा बुझाउन अब नयाँ प्रमाण पेस गरिरहनुपर्दैन । कुनै पनि षड्यन्त्र कार्यान्वयनमा नआउँदासम्म या आममानिसले थाहा नपाउँदासम्म मात्र षड्यन्त्र हुन्छ । षड्यन्त्रहरू कार्यान्वयन भइसकेपछि जनताले थाहा पाइसकेपछि त्यसले अपराध, आतंक वा मानवताविरोधी हर्कतको रूप लिन्छ । कोभिड–१९ को प्रोपोगान्डालाई अहिले षड्यन्त्रभन्दा बढी अपराधका रूपमा हामीले बुझ्नु जरुरी छ । 

के हो महामारी ?
मुख्यतः चार वटा कुरा भएपछि मात्रै कुनै पनि रोग वा यसको प्रकृतिलाई महामारी भन्न सकिएला । एक, त्यो रोग लागेपछि हुने मृत्यु दर असाध्यै धेरै भयो भने त्यसलाई महामारी भन्न सक्छौं । दोस्रो, यसका लक्षण्को गुणात्मक संक्रमण दर व्यापक हुन जरुरी छ । तेस्रो, मानव सभ्यतामा या मानव जातिले उत्पादन गरेको उपचार प्रणालीमा सम्बन्धित रोगको निवारणका उपाय भएन भने त्यसलाई महामारी भन्न सकिएला ।  चौथो, एलोपेथिक मेडिकल साइन्सको हवाला दिएर विश्व स्वास्थ्य संगठन र केही मेडिकल माफियाले यसलाई महामारी
भने । यहाँ एलोपेथिक मेडिकल साइन्सले चाहिँ के भन्छ भन्ने कुरा मुख्य हो । 

यसलाई अब चार वटा कसीबाट हेरौं । एक, मृत्युदरको कसी ।  कोभिड–१९ आउनुभन्दा पहिले अर्थात् सन् २०१९ सम्म पृथ्वीमा मानिसको मृत्यु दर कति थियो ? महामारी आइसकेपछि त्यो दर कति भयो ? यो हेर्ने हो । दुई, यो श्वासप्रश्वासबाट संक्रमण हुने रोग भनिएको छ । त्यसकारण श्वासप्रश्वाससम्बन्धी रोगका कारण कोभिड–१९ आउनुअघि संसारमा कति मानिस मर्थे ? यो आइसकेपछि यसको मृत्यु दर कति भयो ? 

  • युएन वर्ल्ड मोर्टालिटी २०१९ को रेकर्ड अनुसार लगभग ५ करोड ७५ लाख मानिसको मृत्यु भयो । यस वर्षको अन्त्यसम्म बढीमा ५ करोडदेखि ५ करोड ५० लाख पुग्ला ।

यसरी हेर्दा सन् २०१९ सम्म १ दिनमा १६ हजार मानिसको श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने गरेको तथ्य विश्व स्वास्थ्य संगठन स्वयंले दिएको छ । यो महामारी आइसकेपछि एक दिनमा त्योभन्दा बढी मानिस यो रोगका कारण मरिरहेका छन् त ? अहिलेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)कै तथ्यांकअनुसार त्यो देखिएको छैन, अघिल्लो वर्ष युएन वर्ल्ड मोर्टालिटी २०१९ को रेकर्ड अनुसार लगभग ५ करोड ७५ लाख मानिसको मृत्यु भयो । यस वर्षको अन्त्यसम्म बढीमा ५ करोडदेखि ५ करोड ५० लाख पुग्ला । तर २०१९ को भन्दा बढ्ने डब्ल्युएचओकै मृत्यु अनुपात हेर्दा देखिएको छैन । यसको मतलब महामारी आयो भनिँदै गर्दा झन् मृत्यु दर कम या हाराहारी देखिने वाला छ । यी तथ्यांकका आधारमा हेर्दा संसारमा २०१९ सम्मको नियमित मृत्युदरभन्दा पनि मान्छे कम मरेका छन् भने कसरी महामारी भयो ? 

तीन, अहिले कोभिड–१९ का कारण ९ लाख मानिसको मृत्यु भएको तथ्यांक आएको छ । यी मानिस के कोभिडकै कारण मात्र मरेका हुन् त ? फेरि प्रश्न गर्ने ठाउँ छ । महामारीका कारण सबैभन्दा धेरै १ लाख ९० हजार मानिस मरेको भनिएको देश अमेरिकाको सेन्टर डिजिज कन्ट्रोल (सिडिसी) ले निकालेको तथ्यांकअनुसार त्यहाँ ९४ प्रतिशत मानिसको मृत्यु क्यान्सर, हाइपरटेन्सन, मिर्गाैला, मुटुलगायत दीर्घ रोगका कारण भएको र बाँकी ६ प्रतिशतको मात्रै कोभिडका कारण भएको देखाएको छ । 

  • मृत्यु दरको आधारमा हेर्दा यसलाई महामारी भन्ने कुनै आधार छैन ।

त्यस्तै, महामारीको चर्काे चपेटामा परेको भनिएको देश इटालीको तथ्यांकले के भन्यो भने यसबीच मृत्यु हुनेमा ९९.२ प्रतिशत मानिस अन्य रोगले मरे । नेपालमै पनि स्वास्थ्य मन्त्रालयको हालको रिपोर्टअनुसार १० जना मानिसको मात्रै कोभिड कारण मृत्यु भएको छ । 
यसरी हेर्दा, सन् २०१९ मा भन्दा २०२० को हालसम्म मान्छेको मृत्यु कम हुनु, श्वासप्रश्वासले गर्दा गत वर्ष मृत्यु भएका मानिसको संख्याभन्दा यस वर्षको मृत्यु दर कम हुनु र सुरुका दिनमा कोभिडले अत्यधिक मानिसको मृत्यु भएको भनिएको कुरालाई सम्बन्धित देशकै तथ्यांकले काट्छ । यसरी मृत्यु दरको आधारमा हेर्दा यसलाई महामारी भन्ने कुनै आधार छैन । 

कोरोना, संक्रमण र लक्षण
संक्रमण दरको अवस्था, रुघाखोकी वा ज्वरो, श्वासप्रश्वासमा समस्या आएको लगायतका लक्षणलाई कोरोनाको लक्षण भनिएको छ । तर लक्षण देखिएको या पिसिआर पोजिटिभ आएको मानिससँगै गएको अर्काे मानिस, कोरोना संक्रमितसँगै हिँडेको अर्काे मानिसमा त्यो लक्षण देखापरेकै छैन । कोभिड लागेको २ करोड ९० मानिसमध्ये १ करोड ९० लाख निको भइसके भनिएको छ । बाँकी ९० लाखमा पनि कुनै लक्षण छैन भन्नुको मतलब कोभिड १९ को संक्रमण हुँदा ऊसँग लक्षण पनि नदेखिने भयो । यसरी महामारी हुनलाई जुन गुणात्मक संक्रमण दर हुनुपर्थ्याे, त्यो पनि छैन । 

उपचार प्रणाली वा खोप 
के मानव सभ्यता तथा हाम्रो उपचार प्रणालीमा यसको औषधी छैन त ? छैन भने ती १ करोड ८० लाख मानिस कसरी निको भए ? बिनाऔषधी आफ्नो शरीरको रोगप्रतिरोधी क्षमताकै आधारमा त्यो भाइरसलाई जितिन्छ भने उपचार छैन भन्न कसरी मिल्यो ? रोग प्रतिरोधी क्षमता बढ्नेबित्तिकै निको भएको त त्यही तर्कले भनिसक्यो । यी तीनै तथ्यबाट यो रोग महामारी होइन भन्ने प्रमाणित भएको छ । 

  • नोबेल पुरस्कारसमेत पाएका वैज्ञानिक क्यारी मुलिस भन्छन्–  यसले कुनै भाइरसहरू डिटेक्ट हुने होइन, यो भाइरस लागेको भन्न पनि मिल्दैन र उपचारबारे त सिफारिस नै गर्न मिल्दैन ।

अब चौथो कुरा, एलोपेथिक औषधी विज्ञानले कोभिड–१९ लाई के भन्छ त ? यता जाऔं । एक, विश्व स्वास्थ्य संगठनले पिसिआर पोजेटिभ आएपछि कोभिड–१९ लाग्ने कुरा एलोपेथिक मेडिकल साइन्सको हवाला दिएर भन्यो । तर पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आउँदा पनि लक्षणचाहिँ देखिँदैन भने त्यो कसरी रोग भयो ? दुई, सन् १९८४मा पिसिआर परीक्षण प्रणालीको खोजकै लागि नोबेल पुरस्कारसमेत पाएका वैज्ञानिक क्यारी मुलिस भन्छन्–  यसले कुनै भाइरसहरू डिटेक्ट हुने होइन, यो भाइरस लागेको भन्न पनि मिल्दैन र उपचारबारे त सिफारिस नै गर्न मिल्दैन ।

अहिलेका संसारका एलोपेथिक मेडिकलका विज्ञ, जीव वैज्ञानिक, रसायनशास्त्री र नेपालमा पनि धेरै चिकित्सकले यस विषयमा बोलेका  छन् । उनीहरुको भनाइ छ, पिसिआर परीक्षणबाट यो कोभिड–१९ रोग लाग्यो भन्न सक्ने अवस्था छैन । एलोपेथिक मेडिकल साइन्सले यसलाई महामारी मान्दैन ।

अर्काे कुरा पिसिआरकै विश्वनीयता ६० प्रतिशत मात्रै हो भनेर त सबैले भनिरहेका छन् । ६० प्रतिशत मात्रै विश्वसनीयता भएको प्रणालीबाट शतप्रतिशत ठोकुवा गर्ने कुन विज्ञान हो ? यसरी चारै कोणबाट हेर्दा यो महामारी होइन भन्नका लागि अर्काे कुनै दशी, प्रमाण, विज्ञान वा तर्क पेस गरिराख्नुपर्छ भन्ने मलाई लाग्दैन

लकडाउन किन त ?
यो महामारी होइन भनेपछि, लकडाउन गरेर संसारलाई आतंकित गर्ने काम गरिएको छ, जुन बेठीक छ । अब संसारमा यस्ता देश पनि छन्, जसले यो महामारी हो भनिरहँदा पनि लकडाउन गरेनन् । लकडाउन गरेका देशले पनि खोलिसके । ती देशको अवस्था के छ त ? हामीसँग प्रशस्त रेफरेन्सहरू छन् । यसका लागि ताइवान, भियतनाम, दक्षिण कोरिया, जापान, बुरुन्डी, बेलारुस, स्विडेनलाई हेर्न
सक्छौं । पछिल्लो चरणमा अस्ट्रेलिया, तान्जानिया, मडगस्करलगायत २२ वटा जति देशले लकडाउन गर भन्दा पनि गरेनन् । तर ती देशमा कोरोना त छ नै । अहिले आएर सिंगै युरोपमा लकडाउन छैन, विश्वमा १ सय २५ भन्दा बढी देशमा लकडाउन नै छैन । भारतमा समेत लकडाउन खोलिएको छ, ठुल्ठूला कार्यक्रम मात्रै गर्न नदिइएको हो । नेपालमा मात्रै यो कहरमा जनतालाई राखिएको छ । 

  • मेडिकल कर्पोरेटहरूको डिजाइनमा धन्दा चलाइएको छ भन्नलाई केही समस्या छैन । त्यसको दलाली डब्ल्युएचओले गरेको छ । मेडिकल कर्पाेरेट र डब्ल्युएचओको गुलामी गर्ने काम हाम्रो सरकारले गरेको छ ।

अब, लकडाउन नगर्नेलाई पनि केही भएन, कोरोनाकै कारण भनेर मृत्युदर देखाएर लकडाउन गरेर अहिले कोरोना नसकिँदै लकडाउन हटाएका देशहरूमा पनि केही भएन । युरोपका बेलायत, जर्मनी, विश्व स्वास्थ्य संगठनको मुख्य कार्यालय रहेको स्विट्जरल्यान्ड, बेलारुस, युक्रेन, स्विडेन, न्युजिल्यान्ड, आयरल्यान्ड, स्कटल्यान्ड तथा पछिल्लो समय  क्रोएसिया, अमेरिकामा लाखौंको संख्यामा बिनामास्क र स्यानिटाइजर प्रयोग नगरी सडकमा उत्रेर  पिसिआर परीक्षण बन्द गरिनुपर्छ, कोभिड १९ बन्द गरिनुपर्छ भनिरहेका छन् । त्यसो हो भने त त्यहाँ संक्रमण दर बढेर मानिस धमाधम मर्नुपर्ने हो नि त । त्यस्तो त देखिएको छैन । लकडाउन गर्दै नगर्ने देशहरूमा केही भएन, लकडाउन तोडेर निस्केका देशहरूमा पनि केही भएको छैन । यसर्थ लकडाउन जरुरी छैन । 

यो राजनीति हो ?
सरकारले किन लकडाउन तन्काइरहेको छ ?   पहिलो कुरा राजनीति हो, दोस्रो  अर्थ प्रणाली र तेस्रो सामाजिक तथा मनोवैज्ञानिक कुरा हो । त्यसो हुँदा हामीले यसको अर्थराजनीतिक पाटोलाई हेर्नुपर्ने हुन्छ । 

सजिलै के भन्न सकियो भने पछिल्लो चरणमा संसारका सबै कर्पोरेट व्यापारीहरू उद्योग धन्धाहरूको आर्थिक स्थिति कमजोर हुँदा पनि मेडिकल कर्पाेरेटको आर्थिक स्थितिचाहिँ ह्वात्तै बढेको छ । यसको मतलब मेडिकल कर्पोरेटहरूको डिजाइनमा धन्दा चलाइएको छ भन्नलाई केही समस्या छैन । त्यसको दलाली डब्ल्युएचओले गरेको छ । मेडिकल कर्पाेरेट र डब्ल्युएचओको गुलामी गर्ने काम हाम्रो सरकारले गरेको छ । चौतर्फी दबाब आएपछि हाल लकडाउनलाई केही खुकुलो पारिएको हो । 

तर, एकाथरी अधिकारीहरू सेना परिचालन गरेर भए पनि लकडाउन झनै कसिलो पार्नुपर्ने प्रस्ताव गरिरहेका छन् । अझ लकडाउन लम्ब्याइरहनुमा तीन ओटा कारण देखिन्छन् । एक, मेडिकल कर्पाेरेटको डिजाइनमा डब्ल्युएचओले नेपालमा कुनै माध्यमबाट आर्थिक अनुदान वा सहयोग दिएको छ, ताकि त्यो पैसा खर्च गर्न सकियोस् भन्ने सरकारको नियत छ । दुई, यसैको नाममा नेपालमा जति पनि औषधी, पिसिआर आउँदै छन्, यी सबको ठूलो व्यापारको ‘फन्डा’ हुँदै छ । पिसिआर परीक्षणबाट आउने कमिसन सरकारले लिने कुरा  केही दैनिक अखबारमा आएको तथ्यांकमा देखिन्छ । अहिलेसम्म कोरोना नियन्त्रणका नाममा २५ अर्बदेखि ३० अर्ब रुपैयाँ सिध्याइसकिएको छ । त्यसको सदुपयोग पनि भएको छैन । यहाँनेर जनता भोकै मरेका छन्, खाली खुट्टा हप्तौं हिँडेर घर पुगेका छन्, आइसोलेसन र क्वारेन्टिन निर्माणको नाममा अर्बौं भ्रष्टाचार मात्र भएको छ । 

तीन, लकडाउन लम्ब्याउनुका पछाडि सरकारको अर्काे नियत, डब्ल्युएचओले खोप परीक्षण गर्दै छ । संसारमै उसले मेडिकल कर्पोरेटको खोपको व्यापार गर्न खोज्दै छ । युरोपेली देशहरूले मास्क र सेनिटाइजर लगाउन त अस्वीकार गरिसके,  खोप त लगाउनेवाला छैनन्, उनीहरू आन्दोलन नै गरिरहेका छन् । तर, नेपालको स्वास्थ्य मन्त्रालयले परीक्षणका लागि अनुमति दिइसकेको छ । हाम्रो सरकार त्यो खोप परीक्षण गराउन जनतालाई ‘गिनीपिग’ बनाउन खोज्दै छ । चार, सरकार ढाल्ने र परिवर्तन गर्ने मुद्दालाई अर्काेतिर मोड्न खोजिँदै छ । सरकार आफ्नो राजनीतिक असफलतालाई लुकाउन पनि ‘राजनीतिक लकडाउन’ गरिरहेछ । यसरी लकडाउन कुनै पनि कोणबाट जरुरी देखिँदैन । 

अब जनताले के गर्ने त ? 
अब घरभित्र बसेर अर्थ छैन । जनस्तरबाट यो लकडाउनको विरोध गर्नु जरुरी छ । प्रमुख जिल्ला अधिकारी सेना परिचालन गरेर भए पनि लकडाउन लम्ब्याउने भनिरहेका छन् । खान नपाएर सडकमा निस्किएका भोका जनतामाथि सेना परिचालन गर्नुपर्ने हो त ? स्वास्थ्य मन्त्रालयको प्रवक्ता भन्छन्– लकडाउनको विरोध गर्नेहरू सबैलाई समातेर थुन्छौं । यसरी हेर्दा के देखिन्छ भने उनीहरू ठूलो डिजाइनमा लकडाउन तन्काएर मानिसलाई आतंकित पार्ने योजनामा छन् । त्यसकारण आमजनताले यतिबेला युरोपलाई हेरेर कोरोना आतंकको विरोधमा सडकमा आउनुको कुनै विकल्प छैन । 

अहिले आएर नेपालका केही मेडिकल हस्तीले पनि बोल्न थालेका छन् । डाक्टरहरूले नै पिपिई नलगाईकन म उपचार गर्न सक्छु, किन यस्तो आतंक गरेको  भनेर बोलिसके । पुँजीवादले डराउनेलाई त्रास र नहुनेलाई आस देखाएर जुन व्यापारका लागि आफ्नो औजार बनाउँछ, यतिबेला त्यसरी नै मृत्युको भय देखाएर व्यापार गरिरहेको छ । त्यसबाट आममान्छे सचेत भइसकेका छन् । त्यसबाट त्यो सचेतना सडकमा आएर पोखिनुपर्छ भन्ने लाग्छ । 

  • सरकारले यी चार महिना रोगको त्रास मात्रै बाँड्यो । जनताको भोकको सम्बोधन गर्न  सरकारसँग कुनै योजना र इच्छाशक्ति देखिएन ।

इटलीको हेल्थ इन्स्टिच्युटले पनि त्यही भन्यो । रेम्डिसिबिर, हाइड्रोक्सिक्लोरिन जस्ता औषधि कोरोनाको बिरामीलाई प्रयोग गरियो । दुवै औषधीको साइडइफेक्ट धेरै छन् । लगातार स्यानिटाइजर प्रयोगले छालाको एलर्जी हुन्छ । शरीरको एन्टिबडी कमजोर बनाउने, क्यान्सर, आँखा धमिलो पार्ने, पावर जाने, नेत्रहीन हुनेसम्म बताइरहेका छन् । 

पछिल्लो एक हप्तादेखि नेपालमा भोकै पर्न थालेपछि नेपालीहरू भारत लागेका छन् । डब्ल्युएचओको भाषामा भन्दा भारतमा महामारीको कहर अझै छ । सुरुतिर भारतमा संक्रमण धेरै बढेको भनिएपछि बाँच्ने आशाले धेरै मजदुर ठूलो कष्टका साथ देश छिरेका थिए । तर, आफ्नो सरकारले यी चार महिना रोगको त्रास मात्रै बाँड्यो । जनताको भोकको सम्बोधन गर्न  सरकारसँग कुनै योजना र इच्छाशक्ति देखिएन । देशलाई लकडाउनको बन्दी बनाइएपछि ती गरिब मजदुरसँग यतिबेला मात्रै भोक छ । मृत्युको भयलाई किनारा लगाएर उनीहरू झोलीतुम्बा बोकेर देश छाडिरहेछन् ।

सञ्चार माध्यममा देखिएको यो दृश्य सिंहासनमाथि समृद्ध नेपालको होर्डिङ टाँसेर उँघिरहेका प्रधानमन्त्रीले देखे कि देखेनन् ? कम्मरमा पटुका कसेर बोर्डर पार गरिरहेका मजदुरलाई कसैले सोध्नेवाला छैन । होइन भने सरकारले किन रोक्न सकेन ? यस्तो बेला नजाऊ, हामी पाल्छौं भन्ने मानवीयतासम्म किन देखाउन सकेन । कोरोनाकै कारण रोजगारी गुमाएका लाखौं नेपाली खाडी मुलुकबाट देश फर्किँदै छन् । भोकले रोइरहेका ती निरीह जनतालाई राष्ट्रिय ध्वजावाहक विमानले ल्याउँदा तीन गुणा बढी टिकटमा असुलिरहेछन् । यो सरकारसँग नैतिकता, संवेदना र लाज भन्ने लेस पनि बाँकी छैन ? यो सरकारले ‘कमिसन र भ्रष्टाचारभन्दा अरू केही देख्दैन ? हो, देखेन । अब यो सरकारबाट आशा गर्नु जरुरी पनि छैन । 

हामीले अब बिलकुल नयाँ ढंगबाट नसोच्ने हो भने आर्थिक हिसाबले पनि नेपाली समाज र यो देश असफल राष्ट्र हुने खतरा झन नजिकिँदै गएको छ ।