शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संग संगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंग बाट बिकसित भएको पाइन्छ । शिक्षाको बिकास व्याबहारिक शिक्षाको माध्यमबाट अगाडी बढेको पाइन्छ ।आदिम युग अर्थात जंगली युगमा जीवन जिउनको लागि आफ्ना अग्रज बाबु आमा बाट छोरा छोरीमा स्थान्तरण हुने ज्ञान शिप शिक्षा थियो | खानाको लागि शिकार गर्न जानु ,धारिलो हतियार बनाउनु ,रुख चड्न जान्नु , खान हुने खान नहुने कन्दमूल चिन्नु , ओखती मुलो चिन्नु आदि कुराहरु व्याबहारिक जीवन उपयोगि शिक्षाको रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको पाइन्छ |

मानिसले प्रकृतिले दिएका उपहारको बारेमा खोजि गर्न थाल्यो । ज्ञानको खोजि गर्ने व्यक्ति गुरु कहलिए । त्यसपछि गुरु चेलाको सम्बन्ध बाट ज्ञान स्थानान्तरण गर्ने र सिप सिकाउने प्रचलन आयो , जसलाई हामि गुरुकुल शिक्षा भन्दछौ । जुन शिक्षाले जीवन जिउने कला, युद्दकला , सिक्ने, जीवन र जगतलाइ बुझ्ने , प्राकृतिक उपहारको खोजि गर्ने आदि कुरामा निपूर्ण हुनको लागि गुरु बाट चेलाले ज्ञान र सिप आर्जन गर्ने गर्दथे । चार दिवार भित्र थुनेर औपचारिक शिक्षा प्रदान गर्ने प्रचलन आए पछी खोज अनुसन्धान बाट जीवन र जगतलाइ बुझ्ने र प्रकृतिलाइ बुझ्ने भन्दा पनि अरुले गरेको खोज अनुसन्धानका तथ्यहरुलाई बासीपुराणको रूपमा रट्ने अर्थात् याद गर्ने र परीक्षामा धेरै अंक ल्याउने होटबाजिले गर्दा हाम्रो जस्तो अविकसित मुलुकहरुमा ब्याबाहारिक सिप मुलक शिक्षा ओझेलमा पर्दै गयो ।जसले गर्दा अनुत्पादक शिक्षा मौलाउदै गयो ।जसको परिणाम स्वरुप दुइ तिन ओटा डिग्रीका सटिपिकटलाइ झोलामा थन्क्याएर खाडी मुलुक र बिकसित मुलुकहरुमा जीविकोपार्जनको लागि पलायन हुनु पर्ने परिस्थितिको सिर्जना भयो । घर परिवार र समाजले समेत बासि पुराण याद गरेर प्राप्त गरेको अंक र सर्टिफिकटलाइ उपलब्धि मानिन थाल्यो ,जसको परिणाम स्वरूप मानिसले आफ्नो उत्पादन मुलक काम बिर्सियो , खोज अनुसन्धान बिर्सियो , सस्कार र रीतिरिवाज बिर्सियो ,घरको काम , खेत बारीको काम ,करेसाबारीको काम ,लगायत जीवन उपयोगि सिपहरु सबै बिर्सियो । आज बिश्वभरि फैलिएको अदृश्य शक्ति कोबिड १९ ले बिर्सिएका सबै कुराहरुलाई सम्झाई दिएको छ । शक्ति र धनबाट संम्पन्न मुलुक हरु जसले प्रकृतिलाइ दोहन गरि मानव सभ्यतालाइ नै संकटग्रस्त बनाएका थिए ,तिनीहरुलाइ सवक सिकाएको छ ।जीवनको प्रबाह नगरी मेसिन जस्तै बनेको मानवलाइ आराम गर्न सिकाएको छ ।

जीवन जिउनको लागि नभै नहुने अन्न बालि उत्पादन गर्न छाडेर आणबिक बम हतियार बनाउने , औधोगिक क्रान्तिको नाममा बाताबरणलाइ प्रदूषण गर्ने हरुलाई खाद्यान्न के हो र प्राकृतिक शक्ति के हो भन्ने कुरा बुझाइ दिएको छ आफ्नो देश र परिवार बिर्सने हरुका लागि देश र परिवारको महत्व बुझाइ दिएको छ ।कृषि पेशालाइ सम्मानित बनाएको छ प्राकृतिक बाताबरणलाइ सन्तुलन गरिदिएको छ ।तसर्थ कोरोनाले मानिसलाइ नयाँ तरिकाले शोच्न बाध्य बनाएको छ । मानिसको अहम दम्भ र घमण्डलाइ तोडीदिएको छ ।यो अ दृश्य प्राकृतिक शक्ति मानव सभ्यताको संरक्षणको लागि आयको छ भन्दा अतिसयोक्ति नहोला।

आज कोभिड १९ का कारण चार दिवार भित्र दिइने औपचारिक शिक्षालाइ नाकाम बनाइदिएको छ | शिक्षा निरन्तरण चलिरहने प्रक्रिया भएकोले समय परिस्थिति अनुसार शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरि छ । नेपाल सरकारले पनि यो बिसम परिस्थितिमा वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण गर्ने कुरालाइ सुधारीरहेको छ| कोबिडका कारण शिक्षालाइ जीवन उपयोगि र ब्यबहारिक बनाउने अवसर पनि प्राप्त भएको छ।अब हामीले बालबालिकालाइ दिइने शिक्षा कोरा किताबी ज्ञान नभएर उसको जीवन जिउने सिप र सिप आर्जन गर्ने कलालाइ मूल्यांकन संग जोडिनु पर्दछ ।अब सोधिएको उत्तरमा अंक दिने नभएर उसको व्याबहारमा आएको परिबर्तनलाइ मूल्यांकन गर्नु पर्दछ खाना खानु भन्दा अगाडी साबुन पानीले हात धुनु पर्छ भनेर लेखिएको उत्तरमा अंक दिने र मूल्यांकन गर्ने होइन साबुन पानीले हात धोएको छ कि छैन भनि मुल्याकन गर्नु पर्दछ रमाइलोको लागि कथा पढ्न सिकाउने मात्र होइन कथाले दिन खोजेको संदेशलाइ ब्याबहारमा उतारेको छ कि छैन भन्ने आधारमा मूल्यांकन गर्नु पर्छ ।

कोभिड १९ को कारणले शैक्षिक सत्रको करिव पाच महिना खेरा गइराखेकोछ | विद्यार्थीहरुलाई बिद्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर पेन्सिल टेस्ट बाट मूल्यांकन गर्ने अवस्था छैन यस्तो अवस्थामा शिक्षालाइ विद्यार्थीहरुका दैनिक जीवन संग उपयोगि हुने सिकाई लाइ यस वर्षको शिक्षणको मूल्य आधार बनाउनु पर्दछ ।आधुनिक बिधि र प्रबिधिको पहुँच सबै विद्यार्थी संग छैन र त्यो राता रात हुने कुरा पनि होइन ज्ञान र शिप स्थानान्तरण गर्ने सबै बिकल्पहरुलाई खुल्ला राख्दै विद्यार्थीहरुको ब्याबहारमा परिबर्तन ल्याउने उत्तम बिधि परियोजना कार्यनै हो सबै बिषय बस्तुलाइ समेटेर सबै बिषय बस्तुलाई समेटेर परियोजना कार्य दिने उक्त परियोजना कार्य गर्नको लागि घर परिवार र शिक्षकले मार्ग निर्देश तथा सहजीकरण गर्ने उक्त परियोजना कार्य बाट विद्यार्थीको ब्यबहारमा आएको परिबर्तन लाइ मूल्यांकन गर्ने । आजको शिक्षाले हाम्रा बालबालिकाहरु परनिर्भर भइरहेका छन् परनिर्भरता बाट आत्म निर्भर गराउने खालको ब्यबहारिक शिक्षा आजको आवश्यकता हो कोभिड १९ ले हाम्रो शिक्षा प्रणालीलाइ त्यस तर्फ अग्रसर गराईरहेकोछ | तर हामि पुरानो शैलीको शिक्षा दिन र लिन नपाउंदा छटपटाई रहेका छौ शैक्षिक सत्रको बाकीं रहेको अबधिलाई पूर्ण रूपमा सदुपयोग गर्दै वैकल्पिक विधिको माध्यमबाट हाम्रा बालबालिकालाइ ब्यबहारिक् र जीवन उपयोगि शिप सिकाउनु आबश्यक छ उदाहरणको लागि गणित बिषयको शिक्षणलाई सेतो पाटि र मार्करमा सिमित गर्दा गणित बिषयलाई विद्यार्थीले बोझको रूपमा लिएका हुन्छन, यसलाई ब्यबहारिक जीवन संग जोड्न सक्नु पर्दछ ।हामिले प्रयोग गर्ने बस्तुहरु ज्यामिती आकारका हुन यिनीहरुको आकार , प्रकार , नाप ,तौल ,क्षेत्रफल, आयतन आदिको बारेमा परियोजना कार्य दिने , विद्यार्थीले दैनिक रूपमा बजार गएर खरिद गरिने बस्तुको मुल्यमा हुने छुट नाफा नोक्सान आदिको बारेमा परियोजना कार्य दिन सकिन्छ आफ्नो घर परिवारको आम्दानि ऋण धन ब्याजको बारेमा परियोजना कार्य दिएर गणितका बिषय बस्तुहरुलाई ब्यबहारिक ढंग बाट सिकाउन सकिन्छ यसरिनै सबै बिषयको बिषय बस्तुलाई समेटेर परियोजना कार्यको माध्यमबाट ब्यबहारिक र जीवन उपयोगि शिक्षाको जगलाइ बलियो बनाउन सकिन्छ जस्को परिणाम स्वरूप शिप मुलक जनशक्ति उत्पादन भइ परनिर्भरता हट्ने छ भने अर्को तर्फ खेरा जान लागिरहेको शैक्षिक सत्रलाई उपयोग गरि विद्यार्थीको भबिष्यलाई अगाडी बढाउन सकिन्छ |

लेखक, ऋषिराम सापकाेटा, श्री ज्ञानाेदय नमुना मा वि खजुरा बाँके का प्रधानाध्यापक हुनुहुन्छ ।