९७९ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०० पुग्यो

36

सोमवार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।याे संगै मृतकको संख्या ३०० पुगेकाे छ ।

यो वृद्धिसँगै सङ्क्रमितको कुल सङ्ख्या ४७,२३६ पुगेको छ। अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३०० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ३०,६७७ जना निको भएका छन्।

अहिले देशभरि १६,२५९ जनामा सक्रिय सङ्क्रमण छ।