नेपालले बंगलादेशसँग ५० हजार टन यूरिया मल औपचारिकरुपमै  पैँचो मागेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन यूनिया मल पठाइदिन आग्रह गरेका हुन् ।  यो सिजनको लागि करिब १ लाख ५० हजार टन यूरिया मल आवश्यक पर्ने र नपुग ५० हजार टन बंगलादेशसँग पैँचोमा मागिएको कृषी मन्त्री धनश्याम भुसालले बताए । 

lzi6frf/ labfO{ e]6 sf7df8f}F, #) h]7 . /fi6«klt ljBfb]jL e08f/L;Fu g]kfnsf nflu u0ftGq blIf0f sf]/Lofsf /fhb”t kfs{ of]ª\l;sn] z’qmaf/ zLtnlgjf;df lzi6frf/ labfO{ e]6 ub}{ . t:jL/M ;f}hGo, /fi6«klt sfof{no÷/f;;

“बंगलादेशको यूरिया मल बेच्ने नीति छैन । मागेको पैँचो नै हो । तर, उच्च स्तरको राजनीतिक तहमा कुरा हुनुपर्ने भएकाले आज प्रधानमन्त्रीज्यूले कुराकानी गर्नुभएको हो,” उनले भने ।

मन्त्री भुसालले केही समय अगाडि नै बंगलादेशसँग मल सापटी लिने विषयमा छलफल गरेका थिए । पछिल्लोपटक बंगलादेश सकारात्मक भएपछि प्रधानमन्त्रीस्तरमा कुराकानी भएको हो । 

गहुँ, तरकारी र तोरी रोप्ने मौसममा मलको चरम अभाव हुने देखेपछि नेपालले बंगलादेशसँग यूरिया मल सापटी मागेको हो । प्रधानमन्त्री ओलीले पनि बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता भएको र यूरिया मल सहयोग गर्न भनेको ट्विटमा उल्लेख गरेका छन् । 

सरकारले ५० हजार टन यूरिया मागेको मन्त्री भुसालले बताए । “हामीलाई १ लाख ५० हजार टन जति आवश्यक पर्ने अनुमान छ,” “बाँकी १ लाख टन अन्य विकल्पबाट संकलन गर्छौँ ।” 

बंगलादेशले पनि केही उत्पादन गर्ने र केही अन्य मुलुकबाट आयात गर्ने गरेको मन्त्री भुसालले बताए । 

मन्त्री भुसालका अनुसार अहिले हामीसँग कत्ति पनि यूरिया मल छैन । 

“आएकोजति बाँडिदै छ । पछिल्लोपटक हरेक २ दिनमा २५ सय मेट्रिक टन आउँछ, त्यो बाँडिहाल्ने गरेका छौं । अहिले कत्ति पनि छैन,” उनले भने । 

यो परिमाणको यूरिया मल बंगलादेशबाट २० वटा ट्रेनमा ल्याउनुपर्छ । बंगलादेशले २ महिनाभित्र नेपाल पुर्‍याइदिने भनेको मन्त्री भुसालले बताए । 

यो मल आएपछि सहज रुपमा किसानले यूरिया मल पाउँछन् त भन्ने प्रश्नमा मन्त्री भुसालले भने, “एक साता, १० दिनसम्म जटिलै रहन्छ । विभिन्न ठाउँमा थोरै–थोरै हुँदै जान्छ । हप्ता दश दिनदेखि क्रमशः पुग्दै जान्छ र त्यसपछि ठाउँमा आउँछौं ।” 

उनले अहिले हरेक २–२ दिनमा आएको मल बाँडिराखेको बताए । “तर, बीचमा अभाव रह्यो । अझै पनि १० दिनसम्म अप्ठ्यारो हुन्छ । त्यसपछि हामी निरन्तर नै दिन्छौं,” उनले भने । 

मन्त्री भुसालका अनुसार बंगलादेशबाट ल्याइने ५० हजार टन यूरिया मल बंगलादेशलाई दिन सोहीअनुसार टेण्डर निकाल्नेछ । “हामीले टेण्डर निकाल्दा बंगलादेश भुक्तान गर्नेगरी निकाल्छौं । ल्याउने ठेकेदारले नै उहीँ पुर्‍याउने व्यवस्था गर्छौँ,” उनले भने ।  

मन्त्रालय स्रोतका अनुसार नेपालमा रासायनिक मल भित्र्याउन ठेक्का पाएर पनि मल नल्याएका नेपाली ठेकेदारलाई क्षतिपूर्ति र भविष्यमासमेत अयोग्य हुनेगरी कारबाहीको तयारी गरिरहेको छ । 

५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलले गरेका थिए । उक्त सम्झौताको म्याद भदौ २० गतेसम्म रहेको र त्यसपछि मल नल्याएपछि कारवाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रालय स्रोतले भनेको छ ।