सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र रिक्त राष्ट्रियसभा सदस्यमा मनोनयनको विषयबारे महिनौ पुरानो विवाद फेरि चर्किने भएको छ।

फागुन २० गते राष्ट्रिय सभामा डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको सिटमा पुनः उनैलाई नियुक्त गरी अर्थमन्त्रीमा पनि निरन्तरता दिने चर्चा चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले सो सिटमा आफूलाई मनोनयन गर्नुपर्ने दाबी गरेका छन्।

गौतमले पार्टीले फागुनको दोस्रो साता गरेको निर्णयअनुसार नै आफूलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने बताएपछि केही दिनयता सेलाएको नेकपा विवाद फेरि चर्किने संभावना देखिएकाे हाे।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।