कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए।

दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरुमध्ये १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ। हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ।