उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चौधरीले शुक्रबार आफ्नो ट्विटमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’