कोरोना भाइरस संक्रमणको कारण विश्वमा दैनिक ५ हजार भन्दा धेरैले ज्यान गुमाइरहेको छ ।

केही दिनदेखि अन्य देशको तुलनामा भारतमा संक्रमितको संख्या बढ्दो क्रममा छ ।

गएको २४ घण्टामा भारतमा ७५ हजार ९ सय ९५ नयाँ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी संक्रमितको संख्या ३३ लाख ७ हजार ७ सय ४९ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन १ हजार १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार ६ सय २९ पुगेको छ ।

संक्रमित २५ लाख २३ हजार ४ सय ४३ जना यपचारपछि निको भएका छन् भने ७ लाख २३ हजार ६ सय ७७ जना उपचाररत छन् ।