नेप्से परिसूचक चार काराेबार दिनमा ६४.४६ अंक बढेकाे छ। साताकाे पहिलाे काराेबार दिनदेखि नै उकालाे लागेकाे नेप्से बुधबारसम्ममा साे अंक बढेकाे छ। गत साताकाे अन्तिम काराेबार दिन एक हजार ३९७.५७ विन्दुमा बन्द भएकाे बजार बुधबार एक हजार ४६२.०३ विन्दुमा पुगेकाे छ।

बुधबार शेयर बजारमा साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ भने नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको छ।  यस दिन नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात २१.१० अंकले बढेर १ हजार ४६२.०३ विन्दुमा पुगेको छ भने १८६ वटा कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरको ५८ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ। 

बुधबार एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ। यस कम्पनीको बुधबारदेखि नै दोस्रो बजारमा शेयर कारोबार भएको थियो।

त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्य ७.४७ प्रतिशत ले बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ५.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशत, प्रभु बैंकको ४.८० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ४.७० प्रतिशत र सानिमा बैंकको ४.४० प्रतिशतले बढेको छ।

यता समृद्धि फाइनान्सको शेयरमूल्य ९.७९ प्रतिशतले घटेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ३.९४ प्रतिशत, आँखुखोला जलविद्युतको ३.६४ प्रतिशत, अरुण कावेलि हाइड्रोपावरको ३.३१ प्रतिशत, जोशी हाइड्रोपावरको ३.२८ प्रतिशत र सिद्धार्थ इक्वीटी फण्डको शेयरमूल्य २.५६ प्रतिशतले घटेको छ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ४० लाख रुपैयाँ, सुर्या लाइफ इन्स्योरेन्सको ८ करोड २९ लाख रुपैयाँ र एनएमबि बैंकको ७ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने दुईवटा उपसमुहको सूचक नकारात्मक देखिएको छ।