तानसेनको बिशालबजारमा समुदाय स्तरमा एक महिलामा कोरोना सङ्क्रमण देखिएपछी सिल गरिएको क्षेत्रबाट सङ्कलित स्वाबबाट २९० जनाको पिसिआर नेगेटिभ आएको छ।सो क्षेत्रबाट ३३५ जनाको स्वाब सन्कलन गरिएकोमा २९० जनामा कोरोना सङ्क्रमण नरहेको पुषटी भएको वडा न ४ का कार्यबहाक वडा अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो।बाँकी ४५ जनाको रिपोर्ट आउन बाँकी छ।

यस्तै आज प्राप्त रिपोर्टमा अन्य स्थानको समेत गरी तानसेन नगरपालिकाको ३२२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।