स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरी सोमबारसम्म ११३ जना कोरोना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।

भेन्टिलेटरमा उपचाररत सबै संक्रमित वाग्तमी प्रदेशका छन् । प्रदेश १ मा १, प्रदेश २ मा ४१ , वाग्मती प्रदेशमा ५९ , गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा ११ जना कोरोना संक्रमितहरुको आईसीयूमा उपचाररत छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने संख्या शून्य छ ।