नेकपा सचिवालयको सोमबार बसेको बैठकले पार्टीको विवाद समाधानको लागि गठन भएको कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको हो ।

दुई अध्यक्षले मात्र कार्यदल गठन गरेको भन्दै शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठक डाकिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले कार्यदललाई अनुमोदन गर्दै बधाई ज्ञापन गरेको बताए ।