आइतबार दाङको भालुबाङ हुँदै प्यूठान पसेको सलहले किसानको बालीनाली क्षति गर्न थालेको छ । सरुमारानी गाउँपालिकाको दर्भान बाङ्गेसाल हुँदै माण्डवी गाउँपालिकाको रम्दी, चेरनेटा आसपास वास बसेको सलह सोमबार बिहानैबाट प्यूठान नगरपालिकाको बिजुवारमा पनि देखा परेको छ ।

किसानहरूले आगो बालेर धुवाँ लगाउने, थाल–टिन ठटाउने गरेर सलह भगाउन खोजे पनि सलह भागेका छैनन् । पहिलो पटक रुपन्देही कपिलबस्तु अर्घाखाँची हुदै प्यूठान छिरेको सलहको झुन्डले मुख्य गरी मल्लरानी, ऐरावति, झिमरुक, सरुमारानी, गौमुखी नौबहिनी, गाउँपालिका क्षेत्रका मकै बालीमा क्षति पुर्यालएको थियो । अब छिट्टै सलह किरा भगाउन नसकेमा सलह किराले प्यूठानी किसानको मकै र धान बाली ठूलो मात्रामा क्षति पुर्याउने देखिन्छ ।