डेनिस वाई. हो

चीनको नेशनल पिपुल्स कंग्रेसले राष्ट्रपतिको सीमित पदावधि अर्थात् दुई कार्यकालसम्म मात्रै चुनिन पाउने व्यवस्था अन्त्य गरेको छ । राष्ट्रपतिको कार्यकालको सीमा हटाउने पक्षमा संसद्मा २ हजार ९ सय ५८ भोट प-यो । यससँगै वर्तमान राष्ट्रपति सी जिनपिङलाई अनन्त कालसम्म शासन गर्ने बाटो खुलेको छ ।

शनिबार आफ्नो दोस्रो कार्यकालको सपथ लिएका सी पुरानै व्यवस्था कायम रहेको खण्डमा सन् २०२३ सम्म मात्रै राष्ट्रपति रहने थिए । तर, अब उनीमाथिको पावन्दी हटेको छ । सी कुन हदसम्म शक्तिशाली होलान् ? धेरैको चासो यसैमा छ ।

गत अक्टोबरमा मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कंग्रेसबाट सी थप शक्तिशाली बनेर निस्किएका थिए । उनी निरन्तर शक्तिशाली बन्दै गएको तथ्य कसैसामु लुकेको छैन । ‘नयाँ युगमा चिनियाँ विशेषताको समाजवाद’ भन्ने सीको विचारलाई चीनको संविधानमा समावेश गरिएको छ । यसअघि माओत्सेतुङको विचारलाई मात्र संविधानमा अटाइएको थियो ।

यस कारण पनि माओपछिका सबैभन्दा शक्तिशाली चिनियाँ राष्ट्रपतिको रूपमा सीलाई हेरिएको छ । सीको कदमलाई चीनको ‘पुनर्जागरणको युग’ समाप्त भएको संकेतका रूपमा बुझिएको छ । सन् १९७८ पछि प्रभावशाली नेता देङ सियाओ पिङको ‘चिनियाँ विशेषताको समाजवाद’ विचारमार्फत ‘पुनर्जागरण युग’ सुरु भएको थियो । यो त्यतिवेलाको समय थियो, जतिवेला चीन ग्रामीण कृषिमा आधारित देश थियो । सांस्कृतिक क्रान्तिबाट उदाएको चीन अहिले विश्वको आर्थिक तथा राजनीतिक महाशक्तिको रूपमा खडा भएको छ ।

अधिनायकवादी इतिहास 
सन् १९१२ सम्म क्विङ वंशले चीनमा शासन ग-यो । बीसौँ शताब्दीमा चीनमा तीनवटा शासन अस्थित्वमा आए । सन् १९१२ मा गणतन्त्र चीन स्थापना भयो र सन् १९४९ सम्म शासन व्यवस्था चल्यो । यस अवधिमा चीन र अमेरिकाबीचको सम्बन्ध सुमधुर थियो । दोस्रो विश्वयुद्धताका अमेरिकाको गुटमा चीन संलग्न थियो ।

सन् १९४३ मा चीनका राष्ट्रवादी नेता चाइङ काइसेककी पत्नीले अमेरिकी संसद्मा दिएको भाषणबाटै यी दुई देश कति नजिक थिए भन्ने प्रस्ट हुन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति फ्रांक्लिन रुजभेल्ट उपस्थित अमेरिकी संसद् (कंग्रेस) लाई सम्बोधन गर्दै उनले जापानस“गको युद्धका दौरान रुजभेल्टका ‘चार स्वतन्त्रताहरू’ भन्ने अवधारणा कसरी चीनमा पनि लागू भयो भन्ने खुलस्त पारेकी थिइन् ।

सन् १९४९ मा जनताको गणतन्त्र चीनमा स्थापना भएपछि लामो समयसम्म यी दुई देश टाढिए । जनताको गणतन्त्र चीनलाई पनि माओ युग (सन् १९४९—१९७६) र जागरण युग (१९७८ पछि) गरी दुई अवधिमा वर्गीकरण गर्न सकिन्छ । चिनियाँ इतिहासका यी कालखण्डले भिन्नै परिवर्तन देखेका छन् । माओ युगमा एकीकृत राजनीति तथा नागरिक समाजको उदय भयो ।

अर्कोतर्फ, जागरण युगमा माओको शासन अवधिमा भएका अव्यवस्थालाई सुधार गर्ने प्रयास भयो । ‘वामपन्थीको गल्ती’बाट टाढा रहने नीति यो समयमा लिइयो । नभन्दै प्रभावशाली नेता देङ सियाओ पिङको विचारअनुरूपको ‘चिनियाँ विशेषतामा आधारित समाजवाद’ चीनमा सफल भयो । चामत्कारिक आर्थिक विकासका साथ विकास तथा आधुनिकीकरणको बाटोमा चीन लम्कन थाल्यो । चीनको विकासको उडानको प्रभाव चीन र अमेरिकाको सम्बन्धमा समेत देखिएको छ ।

दोस्रो विश्वयुद्धताका अमेरिकाको गुटमा चीन संलग्न थियो । सन् १९४३ मा चीनका राष्ट्रवादी नेता चाङ काइसेककी पत्नीले अमेरिकी संसद्मा दिएको भाषणबाटै यी दुई देश कति नजिक थिए भन्ने प्रस्ट हुन्छ ।

सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टी विजय भएसँगै ‘चीन—अमेरिका सम्बन्ध साझा मूल्य–मान्यतामा आधारित छ’ भन्ने पुरानो विश्वासमा धक्का लागेको थियो भने चीनको जागरणकालपश्चात् अमेरिकासँग पुनः स्थापित गरिएको कूटनीतिक सम्बन्धले दुई देशबीचको सम्बन्धमा केही सकारात्मक सुधार ल्याएको थियो ।

अर्थव्यवस्थामा सुधार 
सन् १९७८ पछि चीनले प्रभावशाली नेता देङ सियाओपिङको योजनामा आर्थिक पुनर्जागरणको नीति अख्तियारी ग-यो । त्यतिवेला, अमेरिकी तथा पश्चिमा अर्थविद्हरूले यस नीति असफल हुने ठोकुवा गरेका थिए ।

‘पुनर्जागरणको नीति सफल बनाउन अर्थतन्त्र मात्रै नभएर शासन व्यवस्थामा पनि सुधार गर्नुपर्ने उनीहरूको सुझाब थियो । निरंकुश राजनीतिक व्यवस्थामा निजी लगानी फस्टाउन सक्दैन भन्ने पश्चिमाहरूको अनुमानविपरीत पुनर्जागरण युगमा चिनियाँ अर्थव्यवस्था मौलायो ।

सन् १९८९ मा विद्यार्थीले गरेको सरकारविरोधी आन्दोलनलाई दमन गर्न तत्कालीन चिनियाँ सरकारले हजारौँ आन्दोलनकारीको नरसंहार ग-यो । त्यसयता, पश्चिमा देश वा अमेरिका मात्रै नभएर चिनियाँ जनताले पनि राजनीतिक पुनर्संरचना आवश्यक रहेको महसुस गर्न थाले । फलस्वरूप, चीनले सन् १९९० र २००० को दशकमा गाउँ तहमा चुनाव गराउन थाल्यो ।

यस्तो चुनावमार्फत दुई कार्यकाल सकिएपछि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व परिवर्तन गर्न थालियो । चीनले विश्व व्यापार संगठनको सदस्यता लियो । उसले सन् २००८ मा बेइजिङमा ओलम्पिक आयोजना ग¥यो । आर्थिक विकास तथा मध्यम वर्गको संख्या बढेसँगै चीनमा राजनीतिक उदारीकरण आउँछ भन्ने विश्वासमा अमेरिकी तथा पश्चिमा राष्ट्रहरू थिए ।

त्यसै आधारमा अमेरिका र पश्चिमा राष्ट्रसँग चीनको कूटनीतिक सम्बन्ध सकारात्मक ढंगले अघि बढ्यो । खैर, गत दशकबाट यस्तो अपेक्षामाथि फेरि प्रश्न तेस्र्याइयो । चीनको प्रतिव्यक्ति आय बढिरहेका वेला अनि मध्यमवर्गको संख्या वृद्धि भइरहेको सन्दर्भमा समेत प्रजातन्त्र आएन । बरु, कम्प्युनिस्ट पार्टीको पतन हुन नसक्ने भविष्यवाणी राजनीतिकविद्ले गर्न थाले ।

नयाँ युगको परीक्षण 
सांस्कृतिक क्रान्तिबाट उदाएको चीन अहिले विश्वको एक आर्थिक तथा राजनीतिक महाशक्तिको रूपमा खडा भएको छ । दु्रत गतिको औद्योगिकीकरण र अत्याधुनिक प्रविधिले चीनको सफलताको आधार बनाएको हो ।

यसकारण सम्पन्नता र शक्तिको खोजीमा रहेको चीनका लागि चीनको ‘नयाँ युग’ कोसेढुंगासरह छ । विश्वमा चिनियाँ प्रभाव विस्तार गर्न सी अघि बढिरहेका छन् । तर, चीनको आधुनिक इतिहासमा उनले भनेको नयाँ युगलाई कसरी हेरिन्छ अनि सीको शक्तिको प्रवृत्ति कस्तो हुनेछ, त्यो खुलदुलीको विषय बनेको छ ।

डिजिटल प्रविधिको विकासलाई नै हेरौँ । इन्टरनेटमा अधिकतम स्वतन्त्रता दिनुको सट्टा इन्टरनेटलाई नियमन गर्न चीन सरकारले ‘ग्रेट फायरवाल’ लागू गरेको छ । यसैबीच, प्रविधिमा राज्यको अत्यधिक निगरानी बढेसँगै राजनीतिज्ञले यस कदमलाई ‘डिजिटल लेनिनवाद’को संज्ञा दिएका छन् । अर्कातर्फ, चीनको बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको छैन ।

सबैभन्दा महत्वपूर्ण संस्थाहरूमा पनि सरकारकै नियन्त्रण छ । निजी संस्थाहरूले समेत सरकारको प्राथमिकताअनुरूप चल्नुपर्ने हुन्छ । वास्तवमा, चीनमा केवल स्थानीय तहमा मात्र प्रजातान्त्रिक प्रक्रियाको परीक्षण गरिएको छ । यस्तो प्रक्रियाले केवल चिनियाँं कम्युनिस्ट पार्टीलाई बलियो बनाएको छ । यसर्थ, चीनमा पुनर्जागरणको युग साँच्चै समाप्त भएकै हो त ?

धेरैले सन् १९८० को दशकलाई चीनको पुनर्जागरणको महत्वपूर्ण अवधिको रूपमा लिने गरेका छन् । उक्त समय बहुदलीय राजनीति तथा सक्रिय नागरिक समाजको अवधारणाबारे बहस सुरु भएको थियो । तर, यस्तो अवधारणालाई पनि देङ सियाओ पिङका चार सिद्धान्तअनुरूप व्याख्या गरियो ।

सियाओ पिङको समाजवादको बाटो, जनताको प्रजातान्त्रिक तानाशाह, कम्युनिस्ट पार्टीको नेतृत्व तथा माक्र्सवाद, लेनिनवाद र माओ तथा जेदोङको विचारमा आधारित शासन व्यवस्थाको वकालत गरियो । सारमा भन्नुपर्दा चीनको इतिहास अधिनायकवादको घेराबन्दीमा रहेको प्रस्ट छ । यसर्थ, सीले भनेको नयाँ युगमा पनि अधिनायकवाद हाबी हुने देखिन्छ ।

(डेनिस वाई. हो याले विश्वविद्यालयको इतिहास विषयका प्राध्यापक हुन् ।)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८ (नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)