हो म कम्युनिष्ट
मार्क्सवाद पढेको छु
लेनिनवाद पनि पढेको छु
माओका ठेलीहरु
अनि पढेको छु
पार्टीको मुखापत्र र
तिरीरहेको छु पार्टीलार्इ लेवि ।
छोराछोरी लार्इ वोडिङ्ग पढाउछु
मिस नेपालमा प्रतिस्पर्धा
अनी छाडा गितमा भाग लिन पठाउछु
राजनितिले खराव गर्छ भनि
बाल संगठन र बिद्यार्थी संगठनमा भाग नलिन भन्छु
हो म कम्युनिष्ट ।
यातायात व्यावसायी पनि म
२।४ वटा गाडीहरु छन्
तर गाडीमा बज्दैनन
श्रमिक मजदुरका कथा र गाथाका
रक्तिम सामना र क्षितिज परिवारका गित
नारीलार्इ सम्मानको लागि बजाउछु
रत्यौलीका गित ।
सामाजिक कार्यमा पनि छु
युवा पुस्ताको बिहे घरबाट होर्इन
मन्दिरबाट गर्न पर्छ भनी मन्दिर बनाएको छु
श्रद्धान्जली सभामा पनि पुगेको छु
पिडाको भावना बुझेर भन्ने गर्छु मृत आत्माको चिर सान्तिको कामना
तर
सास्कृतिक रुपान्तरणका लागी
लगाउदैन टिका दशै र तिहारमा
किनकी म कम्युनिष्ट ।
म अन्तराष्ट्रियवादी
सालालार्इ दक्षिण कोरिया
सालिलार्इ इजरायल
छोरालार्इ D.V भरी अमेरिका
छोरीलार्इ B.N पढ्न अष्ट्रेलिया
हो म कम्युनिष्ट
हामी अन्तराष्ट्रियवादी ।
सर्वहारा वर्ग त छदैछ
अब पुजिपति वर्ग पनि सामेल गराउन पर्छ
किनकि हामी कम्युनिष्ट
मार्क्स र एंगेल्सले जानेनन्
सर्वहारा मात्र कहाँ चल्छ
समाबेसी भएन
हामी समाबेसी कम्युनिष्ट बनाउ
सर्वहारा र पुजिपति संगै ।
म छोरा छोरी लार्इ पढाउदिन श्रम शिक्षा
हातमा ठेला उठाउन
श्रम शिक्षा काम छैन की जस्तो लाग्छ
काला जुत्ता र टार्इ कलेजको ड्रेस
अब घरमै घुम्ने कुर्सी
किनकि छोराछोरी दुःख गर्न सक्दैनन
म कम्युनिष्ट बाउका छोराछोरी ।
समाजवाद पछी सुनको जलप
ट्वार्इलेटमा हुनेछ
बिश्वका महत्वपुर्ण सहरमा
लेनिन भन्थे खिया लाग्दैन
काठमाण्डौका ट्वार्इलेटका लागी
म सुन तस्कर गर्दैछु
किनकि म कम्युनिष्ट ।
रोजगारी सृजना गरेको छु
देश होर्इन विदेशमा पनी
देशमा बोडिङ्ग कलेज नर्सिङ होम
विदेशमा युवा पठाउन मेनपावर कम्पनी
किनकी म कम्युनिष्ट ।
आउ साथी परिभाषा फेरौ कम्युनिष्टको
क्रान्तिमा लागिरहने एक चित्तको
सर्वहारा मजदुर किसान एक भर्इ
कम्युनिष्ट मात्र बनौ क्रान्तिका
२०७४।०७।
मल्लरानी ३ प्यूठान