पछिल्लो २४ घन्टामा देशभरि थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसमेत नेपालमा संक्रमितको संंख्या ६ हजार पाँच सय ९१ पुगेको छ ।

संक्रमण पुष्टि भएकामा झापाका १, पाँचथरका १, सुनसरीका २, सिरहाका २, रौतहटका ५२, महोत्तरीका ८९, पर्साका २, गोर्खाका १०, नवलपरासी पूर्व ३, वागलुङका १, तनहुँका २, कास्कीका ३, स्याङ्जाका ४, अछामका १, बैतडीका २१, डोटीका २०, कन्चनपुरकाा ११, कैलालीका २३, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्घाखाँचीका ३, रुपन्देहीका ४, दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका १, सल्यानका १, दाङका ५६, अर्घाखाँचीका ६, काठमाडौंका १, मोरङका १, रोल्पाका १ र सर्लाही १६ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित एक सय १७ जना निको भई डिस्चार्ज भएको बताए । डिस्चार्ज भएकामध्ये एक सय नाैजना पुरुष र आठ महिला छन् ।

हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ५८ पुगेको गौतमले जानकारी दिए ।